default_image

6 years ago

September 3, 2019

भारतको विशाल जितमा कोहलीको कीर्तिमान !

144 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजसँगको दोस्रो टेष्टमा भारत २ सय ५७ रनको फराकिलो अन्तरले विजयी भएको छ । दुई टेष्ट सिरिज भारतले २–० ले जित्दै क्लिनस्वीप गरेको छ ।

पहिलो टेष्टमा भारत ३ सय १८ रनले विजयी भएको थियो । यो सँगै विराट कोहली भारतबाट सर्वाधिक टेष्ट खेल जिताउने कप्तान बनेका छन् । पुर्व कप्तान महेन्द्र सिंह धोनीको २७ खेल जितलाई पछि पार्दै कोहलीले ४८ खेलमा २८ खेल जिताउँदै यो सफलता हात पारेका हुन् ।

४ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिज ५९.५ ओभरमा २ सय १० रनमा अल आउट भयो । उसका लागि शमराह ब्रुक्सले १ सय १९ बलमा ९ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान जेसन होल्डर ३९ र जर्मेन ब्ल्याकवुडले ३८ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि मोहम्मद शामी र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

पहिलो इनिङमा हनुमा विहारी १ सय ११ र कप्तान विराट कोहलीले ७६ रन बनाएपछि भारतले ४ सय १६ रन बनाएको थियो । जसप्रित बुमराहले ह्याट्रिक सहित ६ विकेट लिएपछि वेस्ट इन्डिज पहिलो इनिङमा १ सय १७ रनमा अल आउट भएको थियो । भारतले पहिलो इनिङमा २ सय ९९ रनको अग्रता लिएपनि दोस्रो इनिङमा १६८-४ विकेट गुमाएको अवस्थामा इनिङ समाप्तीको घोषणा गर्दै विशाल लक्ष्य दिएको थियो ।

भारतले अव दक्षिण अफ्रिकासँगको तीन टी२० सिरिज अन्तर्गत पहिलो खेल १५ सेप्टेम्बरमा खेल्ने छ । वेस्ट इन्डिजले नोभेम्बरमा अफगानिस्तानसँग ३ टि२० सिरिज खेल्ने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.