6 years ago
September 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगमी अक्टोबरमा ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत देखाउँदै नखेल्ने जनाएका हुन् ।

नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । जसको लागि नेपालले दुई दिन अघिदेखी बन्द प्रशिक्षण सुरु गरि सकेको छ । प्रतियोगितामा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् । नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड,९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ । यसलाई यूएईमा हुने ग्लोबल छनोटको तयारीस्वरुप लिइएको छ ।
नेपाल भने एक महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोट प्रतियोगितामा खराब प्रर्दशन विश्वकप छनोटबाट बाहिरिएको थियो । ज्ञानेन्द्र टि२० मा सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने नेपाली खेलाडी हुन् । जसले अघिल्लो महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा मलेसियाविरुद्ध २० बलमा अर्धशतक पुरा गरेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]