default_image

6 years ago

September 3, 2019

विराटलाई पछि पार्दै स्मिथ बने नम्बर वान ब्याट्सम्यान

103 views

0 Bookmark

एजेन्सी – अष्टे«लियाका पुर्व कप्तान स्टिभ स्मिथ विश्वको नम्बर वान टेष्ट खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टेष्ट वरीयतामा स्मिथले भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै नम्बर वान टेष्ट ब्याट्सम्यान बनेका हुन् ।

नयाँ वरीयता अनुसार ९ सय ४ रेटिङ सहित स्मिथ शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा झरेका कोहलीको रेटिङ ९ सय ३ छ । गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टमा बल टेम्पिरिङका कारण एक वर्षे प्रतिबन्धमा परेपछि स्मिथ नम्बर वानबाट खस्किएका थिए ।

अगष्ट १ मा एशेज सिरिज मार्फत पुनारागमन गरेका स्मिथले पहिलो खेलमै १ सय ४४ र १ सय ४२ रनको उत्कृष्ट शतक गरेका थिए । दोस्रो टेष्टको पहिलो इनिङमा पनि ९२ रनको उत्कृष्ट इनिङ खेलेपछि कोहलीलाई पछि पार्दै स्मिथ पुन नम्बर वान ब्याट्सम्यान बनेका हुन् ।

त्यस्तै केन विलियमसन तेस्रो,चेतेश्वर पुजारा चौथो र हेनरी निकोलस पाँचौ स्थानमा छन् । त्यस्तै टेष्टको बलिङतर्फ प्याट कमिन्सनै शीर्ष स्थानमा छन् । कागिसो रबाडा दोस्रो स्थानमा रहँदा जसप्रित बुमराह पनि ठूलो फड्को मार्दै तेस्रो स्थानमा उक्लिएका छन् । टेष्टको अलराउन्डर तर्फ जोसन होल्डर शीर्ष र बेन स्टोक्स दोस्रो स्थानमा छन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.