default_image

6 years ago

September 3, 2019

पुबुदुको नियुक्तिले शरद उत्साहित

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके एभरेष्ट प्रिमियर लिग(ईपीएल) को भैरहवा ग्ल्याडियटर्ससँग अनुबन्धित भएका छन् । पुबुदुको नियुक्तिसँगै टोलीका कप्तान शरद भेषावकरले आफू निकै उत्साहित रहेको अभिव्यक्ति दिएका छन् ।

कप्तान शरद भेषावकर

शरदको कप्तानीमा रहेको भैरहवा पछिल्लो दुवै सिजन फाइनलमा पराजित भएको थियो । उनले पुबुदुको आगमनसँगै टोलीले अब उपाधि जित्ने आशा व्यक्त गरे । ‘ पुबुदु सरको नियुक्ति नेपाली क्रिकेटको इतिहासमा नै टर्निङ प्वाइन्ट बन्यो । नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण योगदान दिएका र म जस्ता निकै खेलाडीको करीअर बदलेका व्यक्तित्व हाम्रो साथ हुनेछन्,’ उनले थपे, ‘ हामीसँग पछिल्लो दुई सिजनको उपविजेता ट्रफी छ । अब पुबुदु सरको आगमनले नै हामीलाई फाइनल जित्दै उपाधि दिलाउनेछ ।’

भैरहवाले जारी गरेको विज्ञप्तीमा पुबुदुले भनेका छन्,’म भैरहवासँग जोडिन निकै उत्साहित छु । नेपाल सधै मेरो मुटु नजिक छ । नेपाली क्रिकेटलाई पुन हेर्ने मौका दिएकोमा धन्यवाद । मैले नेपाली क्रिकेटलाई आफ्नो स्थानबाट सक्दो प्रयास गर्नेछु’।

पुबुदुको आगमनले फे्रन्चाइज लिगमात्र नभएर सम्पूर्ण नेपाली क्रिकेटलाई योगदान पुग्ने भैरहवाका मालिक आदित्य सांघाईको विश्वास छ ।’ पुबुदुका रुपमा नेपाली क्रिकेटको लेजेन्डलाई टोलीमा समावेश गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौं । हामीलाई विश्वास छ पुबुदुको आगमनले हाम्रो टोली मात्र नभएर नेपाली क्रिकेटलाई फलदायी हुनेछ । उनको आगमनले युवा प्रतिभाको पहिचान हुँदै राष्ट्रिय टोलीमा सहयोग पुग्नेछ’, सांघाईले भने ।

भैरहवाका मालिक आदित्य सांघाई

पुबुदु नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् । सन् २०११ देखी २०१५ सम्म जिम्मेवारी सम्हाल्दा उनले नेपाललाई डिभिजन ४, ३ र २ को उपाधि जित्नुका साथै पहिलो पटक सन् २०१४ मा टि२० विश्वकप पुर्याएका थिए । चौथो संस्करणको ईपीएल आगामी फेबुअरी २९ देखि मार्च १४ सम्म आयोजना हुँदैछ ।

यो पनि : पुबुदु भैरहवाको प्रशिक्षकमा नियुक्त!

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.