6 years ago
September 3, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि ट्वान्टी वरियतामा नेपाल यथास्थानमा रहेको छ । आईसीसीको नयाँ वरियता अनुसार नेपाल २ सय १ रेटिङ सहित ११ औं स्थानमा कायमै छ । १२ औं स्थानमा रहेको स्कटल्यान्डको १ सय ९९ रेटिङ छ ।

दुई टेष्ट राष्ट्र जिम्बाबे १४ औं र आयरल्यान्ड १५ औं स्थानमा छ । यूएई १३ औं स्थानमा छ । पाकिस्तान २ सय ८३ रेटिङ सहित शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै इंग्ल्यान्ड दोस्रो,दक्षिण अफ्रिका तेस्रो,भारत चौथो,अष्टे«लिया पाँचौ,न्युजिल्यान्ड छैटौं स्थानमा छ ।
अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका आठ,वेस्ट इन्डिज नवौं र बंगलादेश दसौं स्थानमा छ । पुछारमा रहेको चीन ८५ औं स्थानमा छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]