6 years ago
September 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसीयाली खेलुकद (साग) को लागि नेपाली महिला र पुरुष दुवै टोलीले प्रशिक्षण सुरु गरेका छन् । पुरुष वा महिला मध्ये एक टोलीले पोखरामा बन्द प्रशिक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।

उनले भने,’ तालिका मिलाएर महिला र पुरुष टोलीले अभ्यास गरि रहेका छौं । दोस्रो चरणको खेलाडी छनोट पछि एक टोली प्रशिक्षणको लागि पोखरा जाने निर्णय भएको छ । दोस्रो चरणको खेलाडी छनोट पछि महिला वा पुरुष टोली मध्ये एक टोली बन्द प्रशिक्षणको लागि पोखरा जाने टमटा बताए ।
गत वर्ष पोखरा प्रिमियर लिगमा पोखरा क्रिकेट मैदानको पिचलाई लिएर निकै चर्चा भएको थियो । पोखराको पिच ब्याटिङ उपयोगी मानिन्छ । टियु क्रिकेट मैदानमा पुरुष टोलीले आइतबार र महिला टोलीले साउन ३१ गते प्रशिक्षण सुरु गरेको थियो । सागका लागि महिला र पुरुष दुवैको तीन चरणमा गरेर खेलाडी छनोट हुने बताइएको छ ।
पहिलो चरणमा पुरुष ३५ र महिला ३४ खेलाडीले प्रशिक्षणमा बोलाईएको छ । दुवै टोलीले एउटै मैदानमा प्रशिक्षण गर्दा तत्कालको लागि असर नपरेको महिला टोलीका प्रमुख प्रशिक्षक समेत रहेका जगत टमटा बताउछन् । टमटाका अनुसार अवको एक हप्तापछि सम्भवत २५ महिला क्रिकेट खेलाडी छनोट गरिने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]