6 years ago
September 3, 2019
एजेन्सी – श्रीलंकासँगको दोस्रो टि२० खेलमा न्युजिल्यान्डले ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तिन टि२० सिरिज एक खेल अगावै न्युजिल्यान्डले २–० ले जितेको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो ।

अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ७ रन चाहिएको थियो । पहिलो बलमा टम ब्रुस र दोस्रो बलमा ड्रेल मिचेलले आउट भएपछि खेल थप रोमान्चक बनेको थियो । तर तेस्रो बलमा फिल्डरको तालमेल नमिल्दा बाउन्ड्री लाइन नजिकै क्याच लिने क्रममा दुई फिल्डर एक आफसमा ठोकिएपछि बल छक्का हुन पुग्यो । चौथो बलमा मिचेल सान्टनारले चौका हान्दै जित पक्का गरे ।
कोलिन डी ग्राण्डहोमले ४६ बलमा ३ छक्का र २ चौका सहित ५९ रनको योगदान दिए । त्यस्तै टम ब्रुसले ४६ बलमा ३ चौका सहित महत्वपूर्ण ५३ रन जोडे । एक समय ३.४ ओभरमा ३८–३ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई डी ग्राण्डहोम र ब्रुसले १ सय ९ रनको शतकीय साझेदोरी गर्दै जित सहज बनाएका थिए ।
ओपनर कोलीन मुनरो १३ र टिम सिफर्ट १५ रनमा आउट भए । श्रीलंकालागि अलिका धनञ्जयले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । इसुरु उडना र वनिदुले समान १ विकेट लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । निरोशन डिक्वेलाले ३० बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै अभिष्का फ्रनान्डोले २५ बलमा ३ चौका र १ छक्का सहित ३७,कुशल मेन्डिस २६,कुशल परेरा ११,शेहन जयसुर्य २० र इसुरु उडना १३ रनमा आउट भए ।
सेठ रेन्सले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै टिम साउदी र स्कर्टले समान २ विकेट हात पारे । इश सोधीको नाममा १ विकेट रह्यो । यस अघि पहिलो खेलमा श्रीलंका ५ विकेटले पराजित भएको थियो । अन्तिम टि ट्वान्टी खेल आगमी शुक्रबार हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]