6 years ago
September 4, 2019
एजेन्सी – श्रीलंकमा बिहीबारदेखि सुरु हुने एसीसी यू१९ एसिया कप प्रतियोगिताको लागि उपाधिको दाबेदार बंगलादेशले आफ्नो टोली घोषणा गरि सकेको छ ।

१५ सदस्यीय टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय देखी बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडी रहेका छन् । बंगलादेशले इंग्ल्यान्ड र भारतसँगको त्रिकोणात्मक सिरिज पछि आफ्नो अन्तिम टोली घोषणा गरेको हो । त्रिकोणात्मक सिरिजको सातौं खेलमा बंगलादेशले भारतलाई डक वर्थ लेविस पद्धतिको आधारमा २ विकेटले पराजित गरेको थियो ।
घोषणा गरिएको टोलीमा गत वर्ष बंगलादेशबाट यू१९ विश्वकप खेलेका तौहीद हृदोयलाई उप कप्तानको जिम्मेवारी दिएको छ । उनले उक्त विश्वकपमा ६ खेलमा १ शतक सहित १ सय ५४ रन जोडेका थिए । उनले विश्वकपमा क्यानडाविरुद्ध १ सय २२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यस्तै भारतविरुद्ध त्रिकोणात्मक सिरिजमा १ सय १७ रनको शतकीय इनिङ खेल्ने तनजीद हसन र १ सय ९ रन प्रहार गर्ने मोहम्मुद हसन जोय पनि छन् । अधिकांश खेलाडीमा बंगलादेश प्रिमियर लिगको अनुभव छ ।
पहिलो पटक फाइनलमा पुग्ने लक्ष्य
सन् १९८९ देखी सुरु भएको एसीसी यू१९ एसिया कपमा बंगलादेशले हालसम्म फाइनलको यात्रा तय गर्न सकेको छैन । त्यसैले बंगलादेश यस पटक फाइनल पुग्ने लक्ष्य सहित श्रीलंका लागि सकेको छ । गत वर्ष घरेलु मैदानमा भएको यू१९ एसिया कपमा बंगलादेश सेमिफाइनलबाटै बाहिरिएको थियो ।
समुह चरणमा श्रीलंकासँग ६ विकेटले पराजित भएको बंगलादेशले दोस्रो खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै अघिल्लो चरणको संभावना कायमै रोखेको थियो । अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेपछि बंगलादेश सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा भारतसँग २ रनले पराजित हुन पुग्यो ।
बंगलादेशको एसिया कप खेल्ने टोली :
समुह ‘बी’ मा रहेको बंगलादेशले पहिलो खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्दै सुरुवात गर्ने छ । त्यस्तै सेप्टेम्बर ८ मा नेपाल र सेप्टेम्बर १० मा आयोजक श्रीलंकाको सामना गर्नेछ ।
अकबर अली (कप्तान), तोहीद ह्रिदोय (उप कप्तान), रकिबुल हसन, मिर्टुनजोय चौधरी निपुर्ण, शरिफुल इस्लाम, तनिज हसन, तजिम हसन सकीब, मोहम्मद हसन इमोन, मोहम्माद शाहिन एलोम, अनिक शरकिर, मिनजुर रहमान मोहन, मोहम्मद हसन जोय, अस्रफुल इस्लाम सलिम, समिम हसन सहादत हसन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]