default_image

6 years ago

September 5, 2019

यू१९ एसिया कप : उपाधि जित्न सक्ने ३ टोली

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा बिहीबारदेखि सुरु हुने एसीसी यू१९ एसिया कप प्रतियोगिताको लागि सबै टोलीले आफ्नो सम्पूर्ण तयारी पुरा गरेका छन् । प्रतियोगितामा नेपाल सहित ८ राष्ट्र छन् ।

समुह ‘ए’ मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत रहँदा समुह ‘बी’ मा आयोजक श्रीलंका,बंगलादेश,युएई र नेपाल छन् । रोहित कुमार पौडलको कप्तानीमा नेपाल भाद्र ७ मा श्रीलंका प्रस्थान गरेको थियो । श्रीलंकाको स्थानीय तीन टिमसँग अभ्यास खेलेको नेपालले २ मा हार र १ मा जित निकाल्दै तयारी पुरा गर्यो । छोटो तयारी गरेको नेपालको लक्ष्य टेष्ट राष्ट्रमाथि जित निकाल्दै सेमिफाइनल पुग्ने हुने छ ।

सन् १८८९ देखी सुरु भएको एसिया कप श्रीलंकमा हुने आठौं संस्करण हो । श्रीलंकमा हुने यू१९ एसिया कपको लागि सबै टोलीले आफ्नो टोली घोषणा गरेका छन् । केहि टोलीमा अघिल्लो वर्ष यू१९ विश्वकप खेलेका खेलाडी समेत छन् । सबै घोषणा टोलीका खेलाडी र ती खेलाडीको प्रर्दशन हेर्दा यस पटक यू१९ एसिया कपको उपाधि यी ३ देशले जित्न सक्छन् ।

३. श्रीलंका

पहिलो पटक यू१९ एसिया कपको उपाधि जित्ने सोचमा रहेको श्रीलंकालाई घरेलु मैदान र समर्थकको साथले फाइदा पुग्न सक्छ । घरेलु समर्थकलाई १२ औं खेलाडी समेत भन्ने गरिन्छ । त्यस्तै श्रीलंकाका युवा खेलाडीलाई घरेलु मैदानबारे राम्रो अनुभव पनि छ । श्रीलंकाको टोलीमा यू१९ विश्वकप खेलेका युवा अलराउन्डर निपुन धनञ्जयलाई कप्तानको जिम्मेवारी दिईएको छ ।

त्यस्तै प्रथम श्रेणी खेलेका कामिल मिश्रा र रोहन सञ्जय पनि नायक बन्न सक्छन् । अलराउन्डर सन्दुन थारका मेन्डिसपनि पाकिस्तानसँगको पाँच अभ्यास खेलमा राम्रो प्रर्दशन गरेका थिए । श्रीलंकाले यू१९ एसिया कप अघि पाकिस्तानसँग ५ एक दिवसिय,अष्ट्रेलियासँग १ टेष्ट र ३ वान डे अभ्यास खेलेको थियो । जसमा प्रतिस्पर्धात्मक प्रर्दशन गरेको थियो ।

यू१९ एसिया कपमा श्रीलंका चार पटक सम्म भारतसँग फाइनलमा निराश बनेको छ । श्रीलंका सन् १९८९ र २००३ दुवै फाइनलमा भारतसँग निराश बनेको थियो । त्यस्तै सन् २०१६ मा पनि श्रीलंकालाई भारत बाधक बनेको थियो । त्यति मात्र होइन गत वर्षपनि श्रीलंकाले फाइनलमा भारतसँग १ सय ४४ रनले हार्दै उपाधि जित्न सकेको थिएन ।

२. पाकिस्तान

घोषणा गरिएको टोली हेर्दा पाकिस्तान पनि उपाधि दाबेदार टोलीमा पर्दछ । पाकिस्तानले दक्षिण अफ्रिकासँगको ७ अभ्यास खेल क्लिनस्वीप गर्दा श्रीलंकालाई ३–२ ले हराएको थियो । पाकिस्तानका युवा खेलाडीको लय उत्कृष्ट छ । अभ्यास लयलाई निरन्तरता दिन सके पाकिस्तान पहिलो पटक यू१९ एसिया कप च्याम्पियन बन्न सक्छ । पाकिस्तान सन् २०१३/१४ – २०१७ मा उप विजेता बन्दा २०१२ मा भारतसँग उपाधि बाँडेको थियो । त्यस बाहेक पाकिस्तान सेमिफाइनलबाट बाहिरिँदै आएको छ ।

पाकिस्तानका कप्तान रोहेल नजीरसँग विश्वकपको अनुभव छ । उनले गत वर्षको यू१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनको प्रर्दशन पाकिस्तानलाई निर्णायक बन्न सक्छ । अख्तर शाह र फहद मुनीर उनका बलिङ हतियार हुन् । त्यस्तै प्रथम श्रेणी तथा लिष्ट ‘ए’ खेलिसकेका अब्बास अफ्रिदी र नसीम शाह पनि नायक बन्न सक्छन् ।

१. भारत

यू१९ एसिया कपमा भारत उपाधिको प्रमुख दाबेदार टोली हो । हाल सम्म ७ संस्करण मध्य भारतले ५ पटक उपाधि जितेको छ । २०१२ मा पाकिस्तानसँग उपाधि बाडेको थियो । सन् २०१७ मा भारत भने फाइनलमा पुग्न सकेन । त्यसै वर्ष नेपालले भारतमाथि १९ रनको रोमान्चक ऐतिहासिक जित हात पारेको थियो ।

यसपटक पनि भारतीय टोली सन्तुलित देखीन्छ । कप्तान धुब्र चन्द जुरेल राम्रो लयमा छन् । उनी सहित अन्य खेलाडीले वंगलादेश र इंग्ल्यान्डसँगको वान डे त्रिकोणात्मक सिरिजमा राम्रो प्रर्दशन गरेका थिए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.