default_image

6 years ago

September 5, 2019

सीपीएल खेल्न सन्दीप ट्राइडेन्ट्ससँग

111 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्वारेवियन प्रिमियर लिग २०१९ खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीप बुधबार वेस्ट इन्डिज पुगिसकेका छन् ।

सन्दीप सम्मिलित बार्बाडस ट्राईडेन्टसले सन्दीपको तस्विर सार्वजनिक गरेको छ । सीपीएल बुधबारदेखि सुरु भएको छ । पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको छ । सन्दीप सम्मिलित बार्बाडसले पहिलो खेल आईतबार राती गुयाना वारियर्ससँग खेल्ने ।

सेप्टेम्बर ३० सम्म लिग चरणका खेल चल्ने छन् । लिग चरणपछि शीर्ष चार टोली प्ले अफ पुग्ने छन् । अक्टोबर ६ मा पहिलो क्वालिफायर तथा एलिमिनेटर खेल हुने छ । अक्टोबर ८ मा दोस्रो क्वालिफायर हुने छ । फाईनल अक्टोबर १२ मा हुने छ । सीपीएलमा ६ फ्रेन्चाइज टोली रहेका छन् ।

सन्दीपलाई गत जेठमा बार्बाडसले ड्राफ्टमा पाँचौ राउण्डमा अनुबन्ध गरेको थियो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिँदा उदीयमान प्रतिभा घोषित भएका थिए । जसमा पारिश्रमीक ५ हजार अमेरिकी डलर थियो ।

एकै वर्षमा सन्दीपको पारिश्रमीकमा १४ गुणा बढेको हो । ७० हजार अमेरिकी डलर सन्दीपले अन्तर्राष्टिय फ्रेन्चाइज लिगमा प्राप्त गरेको हालसम्मकै उच्च पारिश्रमीक हो । सन्दीपको टोली बार्बाडसमा एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली,‌ इमाद वासिम, वाहब रियाज, एश्ले नर्श, शाई होप लगायतका स्टार खेलाडी रहेका छन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.