default_image

6 years ago

September 5, 2019

यू १९ एसिया कप – अफगानिस्तानको विजयी सुरुवात

105 views

0 Bookmark

एजेन्सी – श्रीलंकामा बिहीबार सुरु भएको एसीसी यू १९ एसिया कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । पाकिस्तानलाई ८५ रनले पराजित गर्दै अफगानिस्तानले सानदार सुरुवात गरेको हो ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो । पाकिस्तानका लागि इफरान खानले १९ र कप्तान रोहेल नजीरले १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

अफगानिस्तानको कसिलो बलिङ सामु पाकिस्तानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाई पेभिलिएन फर्के । पाकिस्तानलाई सस्तैमा रोक्न शफिकुल्लाह गफ्रीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै फहाज हक,अबिदुल्लाह तनिवाल र नुर अहमदले समान २ विकेट लिए ।

त्यस अघि टस हाररे पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ४६ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । उसका लागि रहमनुल्लाहले २७,सेदिकुल्लाह अटल २९,कप्तान फ्रहान जखिलले १९ रनको योगदान दिए ।

नुर अहमदले १७ र जम्सिद खान समान १७ रनमा अविजित रहे । पाकिस्तानका लागि फहाद मुनिर र अमीर अलीले समान ३ विकेट लिए । त्यस्तै अब्बास अफ्रिदीको नाममा २ विकेट रह्यो । अव अफगानिस्तानले शनिबार कुवेतसँग खेल्ने छ । सोही दिन पाकिस्तानले चिरप्रतिद्वन्द्वि भारतको सामना गर्नेछ ।

अर्को समूहमा रहेको नेपालले शुक्रबार श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरएको थियो । त्यसअघि सन् २०१७ को संस्करणमा नेपालले सेमिफाइनल सम्मको यात्रा तय गर्ने क्रममा भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.