default_image

6 years ago

September 6, 2019

स्मिथको उत्कृष्ट दोहोरो शतक

126 views

0 Bookmark

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथको उत्कृष्ट दोहोरो शतकमा एशेज सिरिजको चौथो टेस्ट अन्तर्गत दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले ४ सय ७४ रनको अग्रता लिएको छ ।

अष्ट्रेलियाले पहिलो इनिङमा १ सय २६ ओभरमा ४९७-८ को अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले २ सय ११ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरे । १ सय १८ ओभरको पहिलो बलमा क्याच आउट हुनु अघि उनले ३ सय १९ बलमा २४ चौका र २ छक्का प्रहार गरे । स्मिथले ३ सय १० बलमा दोहोरो शतक पुरा गरेका थिए। यो स्मिथको तेस्रो दोहोरो शतक हो ।

यसअघि सन् २०१५ मा इंग्ल्यान्डविरुद्ध २ सय १५ रन जोडेका थिए । त्यस्तै सन् २०१७ मा इग्ल्यान्डविरुद्ध २ सय ३९ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरेका थिए । जुन स्मिथको टेष्ट करिअरको उच्च प्रर्दशन समेत हो । ओपनर डेविड वार्नरलाई शून्यमा गुमाएको थियो । त्यस्तै मार्कुस हरिस १३ रनमा आउट हुँदा मार्नुस लाबुसेन १ सय २८ बलमा १० चौका प्रहार गर्दै ६७ रनमा आउट भए ।

कप्तान टिम पेन ५८, ट्राभिस हेड १९,मेथ्यु वेड १६ रनमा आउट भए । तल्लोक्रममा मिचेल स्टार्कले ५८ बलमा ७ चौका र २ छक्का सहित ५४ तथा नाथन लायन २६ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि स्टुअर्ट बोर्डले ३,ज्याक लेच र क्रेग ओभरटनले समान २ विकेट लिए ।

त्यस्तै पहिलो इनिङ थालेको इंग्ल्यान्डले १० ओभरमा २३ रन जोड्न १ विकेट गुमाएको अवस्थामा दोस्रो दिन सकिएको छ । जो डेनली ४ रनमा आउट हुँदा रोरी ब्रुन्स १५ र क्रेग ओभरटन ३ रनमा अविजित छन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.