default_image

6 years ago

September 6, 2019

नेपाल,सिंगापुर र जिम्वावेबीच टि ट्वान्टी सिरिज हुने!

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा नेपाल,जिम्वाबे र सिंगापुरबीच त्रिकोणात्मक  टि ट्वान्टी  सिरिज हुने भएको छ ।

सिंगापुर क्रिकेट एसोसिएसनका अनुसार त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म चल्ने छ ।  सम्भवत नेपाली टोली उतैबाट अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिज खेल्न जाने छ । जसको लागि नेपालले गत सेप्टेम्बर १ देखी बन्द प्रशिक्षण गरिरहेको सकेको छ ।  

यो सिरिजलाई सिंगापुरले ग्लोबल छनोट अघि अभ्यासका रुपमा लिएको छ । एक महिना अघि घरेलु मैदानमा आईसीसी टि२० एसिया विश्वकप छनोट प्रतियोगिताको उपाधि जित्दै सिंगापुर ग्लोबल छनोटमा पुगेको थियो । यसै प्रतियोगितामा नेपाल सिंगापुरसँग लज्जास्पद हार बेहोदै विश्वकप यात्रा बाट बाहिरिएको थियो । 

नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा  टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् । नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड,९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ । यसलाई यूएईमा हुने ग्लोबल छनोटको तयारीस्वरुप लिइएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.