default_image

6 years ago

September 6, 2019

रितको अर्ध शतक पुरा

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाविरुद्ध अर्ध शतक पुरा गरेका छन् । रितले ७४ बलमा ४ चौका सहित अर्ध शतक पुरा गरेका हुन् ।

रितको अर्ध शतकसँगै कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले २५ ओभरमा १ सय रन बनाउन २ विकेट गुमाएको छ । रित ५० र कप्तान रोहित कुमार पौडेल २८ रनमा खेली रहेका छन् । रित र रोहितले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरि सकेका छन् ।

ओपनर पवन सरार्फ ४ रनमा आउट भए । पवनलाई पाँचौ ओभरको चौथो बलमा मदुसनकाले विकेटकीपर कामिल मिश्राबाट क्याच गराउँदै पेभिलिएन फर्काए । मदुसनकालेनै सातौं ओभरको पाँचौ बलमा आशिफ शेखलाई ७ रनमा बोल्ड आउट गरे । वर्षाले केहि समय खेल अवरुद्ध हुँदा ५० ओभरबाट ४२ मा झारिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.