default_image

6 years ago

September 6, 2019

रितको अर्ध शतकमा श्रीलंकालाई मध्यम लक्ष्य

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमको अर्ध शतकमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । वर्षाको कारण केहि समय खेल रोकिदा ५० ओभरबाट झारिएर ४२ मा बनाईएको थियो ।

ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । ३० ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि रितले ८६ बलमा ४ चौका प्रहार गरे । रितले ७४ बलमा अर्ध शतक पुरा गरेका थिए ।

कप्तान रोहित कुमार पौडेलले ८० बलमा १ चौका सहित ४७ रन जोडे । ३५ ओभरको चौथो बलमा एशियान डानियलले आफै क्याच लिदै आउट गरेपछि रोहित अर्ध शतक बनाउन ३ रनले चुकेका थिए ।

खराब सुरुवात गरेको नेपाललाई रित र रोहितले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

३६ ओभरको पहिलो बलमा हरि बहादुर चौहान १२ रनमा आउट भए । लगतै अर्को बलमा नभोद दिनुश्रीले भिम सार्कीलाई १ रनमा एलवी डब्लू आउट गरेसँगै नेपालको ठूलो योगफलको संभावना सकिएको थियो ।

ओपनर पवन सरार्फ ४ रनमा आउट भए । पाँचौ ओभरको चौथो बलमा दिलसान मदुसनकाले विकेटकीपर कामिल मिश्राबाट पवनलाई क्याच गराए । मदुसनकालेनै सातौं ओभरको पाँचौ बलमा आशिफ शेखलाई ७ रनमा बोल्ड आउट गरे ।

कुशल मल्ल २ रनमा क्याच आउट भए । कमल सिंह ऐरीलाई रोहन सञ्जय शिल्भाले २ रनमा बोल्ड आउट गरे । नेपालको तर्फबाट १ मात्रै छक्का प्रहार गरेका राशिद २२ बलमा १५ रनमा अविजित रहे ।

श्रीलंकाका लागि नभोद दिनुश्रीले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दिल्सान मदुसनकाले पनि ८ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । मडानियल र सञ्जयको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.