6 years ago
September 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकासँग डकवर्थ लेविस पद्धतीको आधारमा ५ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ६० रनको विजयी लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको १ सय ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । श्रीलंकाको जितमा विकेटकीपर कामिल मिश्राले ६२ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए ।
पाँचौ ओभरको चौथो बलमा राशिद खानले हरि बहादुर चौहानबाट क्याच गराउँदै नभोद दिनुश्रीलाई १२ रनमा पेभिलिएन फर्काए । सागर ढकालले ९ ओभरको पाँचौ बलमा राभिन्दु डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे । २२ ओभरको पहिलो बलमा पवन सरार्फले भिम सार्कीबाट वहान विक्रमसिंघेलेलाई ३० रनमा क्याच आउट गराएपछि नेपालको केहि झिनो आसा पलाएको थियो ।
कप्तान निपुन धनञ्जय १८ र अभिष्का थारिन्डुले २५ रन जोड्दै श्रीलंकाको जित पक्का गरे । नेपालका लागि राशिद खानले २ विकेट लिए । सागर ढकाल,कमलसिंह ऐरी र पवन सरार्फको नाममा १ विकेट रह्यो ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । वर्षाको कारण केहि समय खेल रोकिदा ओभर घटाईएको थियो ।

ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । ३० ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि रितले ८६ बलमा ४ चौका प्रहार गरे । रितले ७४ बलमा अर्ध शतक पुरा गरेका थिए ।
कप्तान रोहित कुमार पौडेलले ८० बलमा १ चौका सहित ४७ रन जोडे । ३५ ओभरको चौथो बलमा एशियान डानियलले आफै क्याच लिदै आउट गरेपछि रोहित अर्ध शतक बनाउन ३ रनले चुकेका थिए ।
खराब सुरुवात गरेको नेपाललाई रित र रोहितले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
३६ ओभरको पहिलो बलमा हरि बहादुर चौहान १२ रनमा आउट भए । लगतै अर्को बलमा नभोद दिनुश्रीले भिम सार्कीलाई १ रनमा एलवी डब्लू आउट गरेसँगै नेपालको ठूलो योगफलको संभावना सकिएको थियो ।
ओपनर पवन सरार्फ ४ रनमा आउट भए । पाँचौ ओभरको चौथो बलमा दिलसान मदुसनकाले विकेटकीपर कामिल मिश्राबाट पवनलाई क्याच गराए । मदुसनकालेनै सातौं ओभरको पाँचौ बलमा आशिफ शेखलाई ७ रनमा बोल्ड आउट गरे ।
कुशल मल्ल २ रनमा क्याच आउट भए । कमल सिंह ऐरीलाई रोहन सञ्जय शिल्भाले २ रनमा बोल्ड आउट गरे । नेपालको तर्फबाट १ मात्रै छक्का प्रहार गरेका राशिद २२ बलमा १५ रनमा अविजित रहे ।
श्रीलंकाका लागि नभोद दिनुश्रीले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दिल्सान मदुसनकाले पनि ८ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । मडानियल र सञ्जयको नाममा समान १ विकेट रह्यो ।
त्यस्तै आजको अर्को खेलमा बंगलादेशले यूएईलाई ६ विकेटले हराएको छ । यूएईले प्रस्तुत गरेको १ सय २७ रनको सामान्य लक्ष्य बंगलादेशले २१.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालले दोस्रो खेलमा आईतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]