default_image

6 years ago

September 6, 2019

मलिगांले लिए लगातार चार बलमा ४ विकेट

145 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका तीब्र गतिका बलर तथा कप्तान लासिथ मलिंगाले न्युजिल्यान्डविरुद्धको तेस्रो टि ट्वान्टी क्रिकेटमा अविश्वसनिय प्रर्दशन गर्दै लगातार चार बलमा चार विकेट लिएका छन् ।


न्युजिल्यान्डले श्रीलंकाले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याई रहेको छ । मलिंगाले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार विकेट लिएका हुन् । मलिंगाले तेस्रो ओभरको तेस्रो बलमा कोलिन मुनरोलाई १२ रनमा बोल्ड आउट गरे ।

चौथो बलमा हमिश राउटफोर्डलाई शून्यमा एलबी डब्लू आउट गरेका मालिगां पाँचौ कोलिन डी ग्राण्डहोमलाई पनि शून्यमा बोल्ड आउट गर्दै ह्याटिक पुरा गरे । अन्तिम बलमा मलिगांले रोश टेलरलाई पनि शून्यमा एलवी डब्लू आउट गर्दै लगातार चार बलमा चार विकेट लिएका हुन् ।

पाँचौ ओभरको चौथो बलमा मलिगांले टिम सिफर्टलाई ८ रनमा क्याच आउट गराउर्दै पाँच विकेट गुरा गरेका छन् । कोलिन मुनरोलाई बोल्ड आउट गरेसँगै टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलिगां १ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् । मलिंगाले ३ ओभरमा १ मेडन सहित ५ रन खर्चेर ५ विकेट लिई सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.