default_image

6 years ago

September 6, 2019

मालिगांको कीर्तिमानी ५ विकेटसँगै श्रीलंका विजयी

157 views

0 Bookmark

एजेन्सी – कप्तान लासिथ मालिगांको कीर्तिमानी ५ विकेटसँगै न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टि२० खेलमा घरेलु टोली श्रीलंका ३७ रनले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६ ओभरमा अल आउट हुदैं ८८ रनमा समेटियो ।

मालिगांले तेस्रो ओभरको तेस्रो,चौथो,पाँचौ र छैटौं बलमा लगातार ४ विकेट लिएपछि सामान्य लक्ष्यमा पनि श्रीलंकाले जित हात पारेको हो । मलिंगाले तेस्रो ओभरको तेस्रो बलमा ओपनर कोलिन मुनरोलाई १२ रनमा बोल्ड आउट गरे ।

चौथो बलमा हमिश राउटफोर्डलाई शून्यमा एलबी डब्लू आउट गर्दा पाँचौ कोलिन डी ग्राण्डहोमलाई पनि शून्यमा बोल्ड आउट गर्दै ह्याट्रिक पुरा गरे । अन्तिम बलमा मालिगांले रोश टेलरलाई पनि शून्यमा एलवी डब्लू आउट गर्दै लगातार चार बलमा चार विकेट लिएका थिए ।

कोलिन मुनरोलाई बोल्ड आउट गरेसँगै टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा मालिगां १ सय विकेट लिने पहिलो बलरको कीर्तिमान समेत बनाएका छन् । पाँचौ ओभरको चौथो बलमा मलिंगाले टिम सिफर्टलाई ८ रनमा क्याच आउट गराउर्दै पाँच विकेट पुरा गरे ।

मिचेल सान्टनारले १६ रन बनाए । एक समय १० ओभरमा ५२–९ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई कप्तान टिम साउदीले २३ बलमा ३ छक्का सहित २८ रनमा अविजित रहेपछि हारको अन्तर घटेको थियो । श्रीलंकाको जितमा लागि कप्तान मालिगांले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ५ विकेट लिए । अलिका धनञ्जयको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । उसका लागि ओपनर कुशल मेन्डिसले २५ बलमा ४ चौका सहित ३० रन जोडे । त्यस्तै निरोशन डिक्वेला २४,लाहिरु मदुसनका २० र वनिदु हसरान्गाले १४ रनको योगदान दिए ।

न्युजिल्यान्डका लागि मिचेल सान्टनारले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै टोल्ड एस्टलले पनि ३ विकेट लिए । पहिलो र दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो । ३ टि२० श्रंखला २–१ ले न्युजिल्यान्डले जितेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.