default_image

6 years ago

September 7, 2019

यू १९ एसिया कप – अफगानिस्तान सेमिफाइनल नजिक !

114 views

0 Bookmark

एजेन्सी – अफगानिस्तान एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । दोस्रो खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेपछि सेमिफाइनल नजिक पुगेको हो । आज नै समूह ‘ए’ को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ ।

 

भारतले पाकिस्तानलाई ३ सय ६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तान भारतसँग पराजित भए एक खेल अगावै अफगानिस्तान सेमिफाइनलमा पुग्ने छ । कुवेतले प्रस्तुत गरेको सामान्य ८६ रनको लक्ष्य अफगानिस्तानले १२.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । कप्तान फ्रहान जाखिल ३७ बलमा ५ चौका सहित ३८ रनमा अविजित रहे । रहमानुल्लाहले २८ रन जोडे ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको कुवेत २७।३ ओभरमा अल आउट हुँदै ८५ रनमा सेमेटियो । कुवेतका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । उसका ओपनर मिट भावसार २०,गोविन्द्र कुमार १४,फेज कुरेशी र जन्दु हमोयुदले समान १० रन जोडे ।

अफगानिस्तानका लागि शफिकुल्लाह गफ्ररीले ४ र फजल हकले २ विकेट लिए । अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानलाई डकवर्थ लेविस पद्धतीको आधारमा ८५ रनले पराजित गरेको थियो । अफगानिस्तानले अन्तिम खेल सोमबार भारतसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.