default_image

5 years ago

September 8, 2019

नेपालविरुद्ध बंगलादेशको मध्यम प्रर्दशन

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा जारी छ । नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पक्ष्याएको बंगलादेशले २६ ओभरमा १ सय ६ रन बनाउन ३ विकेट गुमाएको छ ।

उसका लागि तौहीद हृदोय ४३ र कप्तान अकबर अली ३ रनमा खेलि रहेका छन् । नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा राशिद खानले तानजिद हसनलाई ९ रनमा एलबी डब्लू आउट गर्दै दिलाए । त्यस्तै पाँचौ ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले अनिक सरकारलाई आशिफ शेखबाट क्याच गराउँदै ५ रनमा पेभिलिएन फर्काए ।

त्यस्तै२४ ओभरको पाँचौ बलमा मोहम्मुदुल हसन जोयलाई हरि बहादुर चौहानले आफैं क्याच लिदै ४० रनमा पेभिलिएन फर्काएका छन् । उनले ५६ बलमा ३ चौका प्रहार गरे ।

December 15, 2024

काठमाडौंविरुद्ध विराटनगरको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध विराटनगर किंग्सले सामान्य योगफल तयार गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र […]

December 15, 2024

काठमाडौंले विराटनगरविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

Success

Thank you for your time.