6 years ago
September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका युवा ब्याट्सम्यान सुमित महर्जन पनि सागको लागि राष्ट्रिय क्रिकेट टोलीको बन्द्र प्रशिक्षणमा परेका छन् ।

डिसेम्बरमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि यसअघि घोषित ३५ सदस्यीय टोलीमा सुमित अटाएका थिएनन् । पछिल्लो समय घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका सुमित सुरुवाती ३५ खेलाडीमा नअटाउँदा धेरै समर्थक र क्रिकेट विश्लेषक आश्चर्यमा परेका थिए । तर मंगलबार विहानै टियु क्रिकेट मैदानमा सुमित अभ्यासमा व्यस्त देखिए । नेपाली टोलीका मिडिया म्यानेजर तथा भिडियो एनालिष्ट सुरज शाक्यले सुमितलाई सागको लागि पछि बन्द प्रशिक्षणमा बोलाइएको जानकारी दिए ।
सन् २०१४ मा नेपालको यू१६ टोलीको कप्तानी सम्हालेका सुमित त्यसपछि भने केहि समय खराब प्रर्दशन गरेका थिए । तर पछिल्लो दुई वर्ष यता घरेलु क्रिकेटमा सुमितले अब्बल प्रर्दशन गर्दै आएका छन् । गत जेठमा तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा एपीएफबाट खेल्दै पारस खड्का कप्तान रहेको प्रदेश ३ विरुद्ध ९४ रनको दमदार इनिङ खेलेका थिए । जसमा १ सय ३ बलमा ५ चौका र ६ छक्का सामेल छ ।
धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्सबाट खेल्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष पाँचौमा अट्न सफल भएका थिए । सुमित घरेलु लिग सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट खेल्ने गर्दछन् । सुमित पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका हुन् ।
यो पनि : सिमित अवसरमा फक्रिएका सुमित
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीः
१.पारस खड्का, २.ज्ञानेन्द्र मल्ल, ३.शरद भेषवाकर, ४.वसन्त रेग्मी, ५.राजु रिजाल, ६.जितेन्द्र मुखिया, प्रदिप ऐरी, ८.सुनिल धमला, ९.सौरभ खनाल, १०.ललित सिंह भण्डारी, ११.विक्रम सोब, १२.इशान पाण्डे, १३.करण केसी, १४.मोहम्मद आरिफ शेख, १५.विनोद भण्डारी, १६.सन्दीप जोरा, १७.कुशल मल्ल, १८.रित गौतम, १९.पवन सरार्फ, २०.अमित श्रेष्ठ, २१.किशोर महतो, २२.मोहम्मद आशिफ शेख, २३.सुसन भारी, २४.अनिल कुमार शाह, २५.अभिनास बोहोरा, २६.सन्दीप लामिछाने, २७.ललित नारायण राजवंशी, २८.नन्दन यादव, २९.रोहित कुमार पौडेल, ३०.भिम सार्की, ३१.कुशल भुर्तेल, ३२.दिपेन्द्रसिंह ऐरी, ३३.सोमपाल कामी, ३४.सागर ढकाल, ३५.साहव आलम, ३६. सुमित महर्जन
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]