default_image

6 years ago

September 12, 2019

सन्दीपको घातक बलिङमा बार्बाडोस जित नजिक

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानले क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियसविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले ३.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका छन् ।

कप्तान जोसन होल्डरले सन्दीपलाई पाँचौ ओभरमा मौका दिएका थिए । सन्दीपले यस ओभरमा ७ रन मात्र खर्चिए । लगातार दुई बल डट राखेका सन्दीपले तेस्रो र चौथोे बलमा १–१ रन खर्चिए । पाँचौ बलमा लौरी इभान्सले चौका प्रहार गर्दा अन्तिम बलमा १ रन दिए ।
सन्दीपले ११ औं ओभरमा पनि ७ रन खर्चिन पुगे । सन्दीपले समराह ब्रूक्सलाई लगातार चार बल डट राख्दै दबाबमा राखे । तर पाँचौ बलमा ब्रुक्सले छक्का प्रहार गर्दा अन्तिम बलमा १ रन लिए ।

१३ ओभरको पहिलो बलमै सन्दीपले एलशे नर्शबाट ब्रुक्सलाई १३ रनमा क्याच आउट गराउँदै जारी सीपीएलमा पहिलो विकेट हात पारे । दोस्रो बलमा इभन्सलाई २ रन दिदा तेस्रो र चौथो बल डट राखे । पाँचौ बलमा चौका खाएपनि अन्तिम बलमा सन्दीपले इभान्सलाई जोश लालोरबाट ६४ रनमा क्याच आउट गराउँदै बार्बाडोसको पहिलो जित सहज बनाएका थिए । यस ओभरमा सन्दीपले ६ रन  खर्चेर २ विकेट लिए ।

सन्दीपले १५ औं ओभरमा पनि उत्कृष्ट प्रर्दशन गरे । पहिलो बलमा डट र दोस्रोमा १ रन खर्चिए । तेस्रो बलमा भने कप्तान कार्लोस वर्थवेटलाई १ रनमा एलबी डब्लू आउट गर्दै बार्बाडोसलाई जित नजिक पुर्याएका छन् । चौथो बलमा १ रन खर्चिदा पाँचौ बल डट राखेका छन् । तर वर्षाको कारण सन्दीपले छैटौ बल गर्न पाएनन् ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स वर्षाले खेल रोकिनु अघि १४.५ ओभरमा १०७-७ को अवस्थामा छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.