default_image

6 years ago

September 12, 2019

बार्बाडोसको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

192 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको म्यान अफ द म्याच प्रर्दशनमा बार्बाडोस ट्राईडेन्टसले क्यारेवियन प्रिमियर लिग २०१९ मा पहिलो जित हात पारेको छ । विहीबार विहान सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले हराउँदै बार्बाडोसले पहिलो जित हात पारेको हो ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स  निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६८ रन मात्रै बनाउन सक्यो । उसका लागि लौरी इभान्सले ४१ बलमा १० चौका र १ छक्का सहित ६४ रनको योगदान दिए । तल्लोक्रममा डोमोनिक ड्रक्सले १४ बलमा समान ३ चौका र छक्का सहित ३४ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् । सेन्टका इभिन लुईस,जोसन मोहम्मद,रायाद इम्रिटले समान १२ रन जोडे ।

बार्बाडोसलाई सहज जित दिलाउन सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर प्रमुख ३ विकेट लिए । सन्दीपनै आजको खेलमा म्यान अफ द म्याच चुनिए । त्यस्तै कप्तान जोसन होल्डर र हेडेन वाल्शले पनि समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको बार्बाडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । बार्बाडोसका लागि ओपनर जोसन चार्लसले ४३ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन जोड्दा एलेक्स हेल्स १८ रनमा आउट भए । त्यस्तै विकेट किपर लेनिको बाउचर ४७ बलमा ४ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहे । आक्रमक ब्याटिङ गरेका जेपी ड्युमीनिले १८ बलमा २ चौका र ४ छक्का सहित ४३ रनमा नट आउट रहे ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले पाँचौ ओभरमा ७ रन खर्चिए । लगातार दुई बल डट राखेका सन्दीपले तेस्रो र चौथोे बलमा १–१ रन खर्चिए । पाँचौ बलमा लौरी इभान्सले चौका प्रहार गर्दा अन्तिम बलमा १ रन दिए ।

सन्दीपले ११ औं ओभरमा पनि ७ रन खचिए । समराह ब्रूक्सलाई सुरुवाती चार बल डट राख्दा पाँचौ बलमा छक्का दिएका थिए ।

१३ ओभरको पहिलो बलमै सन्दीपले एलशे नर्शबाट ब्रुक्सलाई १३ रनमा क्याच आउट गराए अन्तिम बलमा उत्कृष्ट प्रर्दशन गरि रहेका इभान्सलाई सन्दीपले जोश लालोरबाट ६४ रनमा क्याच आउट गराउँदै बार्बाडोसको जित सहज बनाएका थिए ।

सन्दीपले १५ औं ओभरको तेस्रो बलमा कप्तान कार्लोस वर्थवेटलाई १ रनमा एलबी डब्लू आउट गर्दै ब्यक्तिगत तेस्रो सफलता हात पारेका थिए । चौथो बलमा १ रन खर्चिदा पाँचौ र र छैटौ बल डट राख्दै आफ्नो चार ओभरको कोटा सकाए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.