6 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको विग ब्यास लिग मेलवर्न स्टार्सबाटै खेल्ने भएका छन् । सन्दीपको ब्यवस्थापन हेर्दै आएका नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले सन्दीप मेलबर्न स्टार्सबाटनै विग ब्यास खेल्ने पक्का भएको जानकारी दिए । तर सम्झौंता हुन भने बाँकी छ ।
‘सबै कुरा मिली सकेको छ,सन्दीपले मेलवर्न स्टार्सबाट खेल्ने पक्का हो,’शिवाकोटीले भने,’जसको लागि एक दुई दिनमै सम्झौंता हुनेछ ।’
सन्दीपले कति पारिश्रमीक पाउने भन्ने पनि पछिनै थाहा हुने शिवाकोटी बताउछन् । यस पटक सन्दीपले मेलवर्न स्टार्ससँग पुरै खेल खेल्ने छन् । विग ब्यास अवधीमा अन्य कुनै लिगको लागि सम्झौंता गर्ने छैनन् । सन्दीप गत वर्ष विग ब्यास खेल्दा बिचमै छोडेर बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए ।
सन्दीपले गत वर्षको विग ब्यासमा उत्कृष्ट प्रर्दशन गर्दै ८ खेलमा ११ विकेट लिएका थिए । स्टार्सलाई फाइनल सम्म पुर्याउन सन्दीपको प्रर्दशन महत्वपूर्ण थियो । सन्दीप हाल क्वारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । बिग ब्यासमा गत वर्ष सन्दीपको टोलीले फाइनलमा मेलबर्न रेडेगर्ससँग १३ रनको हार ब्यहोरेको थियो । आगामी संस्करणको विग ब्यास डिसेम्बर १७ देखि २०२० को फेब्रुअरी ८ सम्म अष्टे«लियाको विभिन्न सहरमा हुनेछ । विग ब्यासमा ८ टोलीले होम अवे खेल्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]