6 years ago
September 12, 2019
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टेष्टको लागि युवा ब्याट्सम्यान शुभमन गिललाई मौका दिएको छ। विहीबार घोषणा १५ सदस्य टोलीमा गिल अटाएका छन् । गिलले भारतीय वान डेमा भने डेब्यू गरिसकेका छन् ।

१५ सदस्य घोषणा टोलीमा पछिल्लो समय टेष्टमा निकै खराब लयमा रहेका केएल राहुल बाहिरिएका छन् । त्यस्तै भारतले सिमित ओभरमा वर्तमान क्रिकेटमा नम्बर वान ओपनरको छवि बनाएका रोहित शर्मालाई पनि मौका दिएको छ । हार्दिक पान्ड्या भने टोली बाहिर छन् ।
सन् २०१८ मा भारतलाई यू१९ विश्वकप जिताउन गिलको प्रर्दशन महत्वपूर्ण थियो । त्यस्तै गिलले घरेलु क्रिकेट पनि निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । कोलकता नाइट राइडर्सबाट आईपीएल खेलेका गिल नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहित थुप्रैलाई पछि पार्दै गत संस्करणमा इमर्जिङ प्लेयर घोषित भएका थिए ।
भारत र दक्षिण अफ्रिकाबीच समान ३ टेष्ट र टि२० सिरिज हुने छ । पहिलो टि२० खेल १५ सेप्टेम्बरमा हुने छ । त्यस्तै १८ मा दोस्रो र तेस्रो तथा अन्तिम २२ सेप्टेम्बरमा हुने छ । टेष्ट भने २ अक्टोबर देखी सुरु हुने छ ।
भारतीय टेष्ट टोली :
विराट कोहली (कप्तान), मयंक अग्रवाल, रोहित शर्मा,चेतेश्वर पुजारा,अजिंक्या रहाणे(उपकप्तान),हनुमा विहारी,शुभमन गिल,ऋषभ पन्त(विकेटकीपर), रिद्धीमान शाह(विकेटकीपर),रविचन्द्र आश्विन,रविन्द्र जडेजा,कुलदीप यादव,मोहम्मद शामी,जसप्रित बुमराह र इशान्त शर्मा ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]