default_image

5 years ago

September 12, 2019

‘म ओपनर भएर मध्यक्रम खस्केको होइन’ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिसेम्बरमा घरेलु मैदानमा हुने सागको लागि आफ्नो तयारी थालिसकेको छ । साग अघि नेपालले सिंगापुरमा त्रिकोणात्मक ओमानमा टि२० सिरिज खेल्नेछ । सिंगापुर र जिम्बाबेसँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखी ३ अक्टोबरसम्म खेल्ने छ । अक्टोबर ५ देखी १० सम्म ओमान हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज पनि […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिसेम्बरमा घरेलु मैदानमा हुने सागको लागि आफ्नो तयारी थालिसकेको छ । साग अघि नेपालले सिंगापुरमा त्रिकोणात्मक ओमानमा टि२० सिरिज खेल्नेछ ।

सिंगापुर र जिम्बाबेसँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखी ३ अक्टोबरसम्म खेल्ने छ । अक्टोबर ५ देखी १० सम्म ओमान हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज पनि हुनेछ । एक महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएपछि नेपालको चर्को आलोचना भएको थियो ।

दुई टि२० सिरिज र सागमा उत्कृष्ट प्रर्दशन सहित नेपाली टोली आलोचना बन्द गर्दै पुन ठूलो आशा र संभावना देखाउन चाहान्छ । खराब प्रर्दशनसँगै टोलीमा परिवर्तनको संभावना उच्च छ । कप्तान पारस खड्का पनि टोली फेरबदल गर्ने सोचमा छन् । मंगलबार टियु क्रिकेट मैदानमा अभ्यासमा ब्यस्त पारसले आगमी दिनमा टि २० र वान डे फर्म्याटका लागि फरक टोली बनाउन प्रयास गरिरहेको बताए ।

‘अघिल्लो महिना खराब प्रर्दशनपछि विश्वकप छनोटबाट बाहिरियौं । एक पटक खराब प्रर्दशन गर्दैमा सधैं खराब हुन्छ भन्ने हुदैन,उत्कृष्ट प्रर्दशन सहित पुनरागमन गर्नेछौं’,पारसले भने । ‘हामीले वान डे र टि ट्वान्टी दुवै फर्म्याटका लागि फरक टोली बनाउने हो की भन्ने सोचिरहेका छौं । त्यसअनुसार टोली बनाउन चुनौती छ । टिममा क्षमता छ । जित्दा एकदम राम्रो र हार्दा खराब भन्ने गरिन्छ’, उनले थपे ।

‘स्टेप वाई स्टेप अवसरलाई सदुपयोग गर्दै युवा खेलाडीलाई विकासित गर्दै लैजाने हो । कुनै खेलाडीले २ खेलमा मौका पाउन सक्दा कसैले १० खेलमा अवसर पाउन सक्छ । आगामी दिनमा टिममा केहि परिवर्तन हुन्छ तर पुरै टोली भने हुँदैन । विश्वकप खेल्दा छनोटमा सबै राम्रो लयमा थिए र राम्रो गरेका थियाौं । जो लयमा छ,त्य टोलीमा मौका पाउने हो । टि२० मा हामीले जहिले पनि संघर्ष गर्छौं, यसको मतलब टि२० राम्रो गर्न सक्दैनौं भनेको चाहिँ होइन’,पारसले भने ।

हरेक खेलाडी जुनसुकै क्रममा खेल्न तयार हुँदा ओपनर, मध्यक्रम र फिनिसरमा भन्ने सोच हटाउनु पर्ने पारस बताउछन् । ‘एउटा खेलाडीले राम्रो खेल्दैमा जित्ने होइन, पूरा टिमले राम्रो गर्नुपर्छ । आजसम्म हामीले जे जति सफलता पाएका छौं, त्यो टिमको प्रर्दशन हो । एउटा खेलाडीले अर्धशतक प्रहार गदैमा अन्तिममा महत्वपूर्ण विजयी रन बटुल्ने खेलाडीलाई विर्सने हाम्रो बानी छ,’ उनले थपे ।

पारसले आफु ओपनिङ आउँदैमा मध्यक्रम कमजोर नभएको बताउँछन् । ‘एउटा ओपनरले शतक हानेर टिम १ सय ५० मा पनि अलआउट हुन सक्छ । २० रन जोड्दा ३ विकेट गुमाएको टोलीले १ सय ८० रन पनि जोड्न सक्छ । टोलीको आवश्यकता जहाँ हुन्छ त्यहि खेल्ने हो,’ उनले प्रष्ट्याए ।

सिंगापुर र ओमानको सिरिजमा नेपालले गुमाउन केहि नपर्ने हुँदा युवा टोलीले मौका पाउने संभावना कतिको छ भन्ने प्रश्नमा पारसले नेपाली टोलीनै युवा रहेको जवाफ दिए । ‘ युवा भन्ने को ? नेपाली टोलीनै युवा छ, युवा भन्ने सोच हामीले हटाउन जरुरी छ । युवा भन्दा पनि जसले खेल जिताउन सक्छ (म्याच विनर) खेलाडी त्यसैलाई छनोट गर्नेछौं’,पारसले भने ।

सागको लागि घरेलु टोली हो भन्दैमा सहज नहुने पारस बताउछन् । ‘सागमा यू२३ वा सिनियर टोली खेल्ने भन्नेमा अहिले सम्म टुङ्गो लागेको छैन । हामी जुन पनि प्रतियोगिता खेल्छौं, सबै जित्नका लागि नै खेल्छौं । त्यसैले सागमा नेपालको लक्ष्य गोल्ड मेडल(स्वर्ण) जित्ने हुने छ’,पारसले भने ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.