6 years ago
September 12, 2019
एजेन्सी – अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ अर्को नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन् । जारी एसेज सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका स्मिथले अन्तिम अर्थात पाँचौ टेष्टमा त्यहि लयलाई निरन्तरता दिए ७३ वर्ष पुरानो रेकर्ड तोडिने छ ।

स्मिथले अन्तिम टेष्टमा इंग्ल्यान्डविरुद्ध १ सय ३० रन बनाउन सके ७३ वर्ष पुरानो रेकर्डदै सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यान बन्ने छन् । जुन रेकर्ड इंग्ल्यान्डका वैली हैमन्डको नाममा छ । उनले सन् १९४६ मा भारतविरुद्ध ८० टेष्ट खेलमा १ सय ३१ इनिङमा ७ हजार रन पुरा गरेका थिए । जुन हालसम्म तोडिएको छैन । तर स्मिथले यो रेकर्ड तोड्न सक्छन् ।
स्मिथले ६७ खेलमा १ सय २२ इनिङमा कुल ६ हजार ८ सय ७० रन बनाइसकेका छन् । उनले एसेज सिरिजमा तोड्न नसके पनि अन्य खेलमा तोड्न सक्ने सम्भावना उच्च देखिन्छ । एसेज सिरिजमा स्मिथले पछिल्ला चार इनिङमा १ सय ४४ र १ सय ४२ गरि लगातार दुई शतक प्रहार गरेका थिए । दोस्रो टेष्टको पहिलो इनिङमा ९२ रन जोडेका स्मिथ घाइते हुँदा तेस्रो खेल गुमाएका थिए । चौथो टेष्टमा २ सय ११ र ८२ रन जोड्दै अष्ट्रेलियाका लागि एसेज ट्रफी रक्षा गरेका थिए ।
स्मिथ गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टमा बल टेम्पिरिङ काण्डका कारण १ वर्ष अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेपछि १६ महिना कमब्याक गरेका हुन् । पाँच एसेज टेष्ट सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]