5 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीअन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट भएका छन् । पहिलो चरणबाट १० खेलाडी बाहिरिएका हुन् ।
राष्ट्रियखेलकुद परिषद (राखेप) का संयोजक शैलेश कर्मचार्य र प्रमुख प्रशिक्षक जगत टमटाले पहिलो चरणबाट दोस्रो चरणका लागि २५ खेलाडी छनोट गरेका हुन् । ३५ खेलाडीलाई राखेर एक महिना अघि देखी बन्द प्रशिक्षण सुरु भएको थियो ।
सागमा गोल्ड मेडल (स्वर्ण) जित्ने लक्ष्यका साथ टोली टियु क्रिकेट मैदानमा जगत टमटाको प्रमुख प्रशिक्षकत्व प्रशिक्षण गरिरहेको छ । नेपालले साग अघि विदेशी टोलीसँग अभ्यास खेल्ने कार्यक्रम रहेको छ ।
२५ खेलाडीको नामवली
१.रुबिना क्षेत्री बेलबासी, २.सिता राना मगर, ३.करुणा भण्डारी, ४.इन्दु वर्मा, ५.काजोल श्रेष्ठ, ६.सरिता मगर, ७.सोनु खड्का, ८.नेरी थापा, ९.ज्योती पाण्डे, १०.रोमा थापा, ११.रश्मी शर्मा चौलागाई , १२.अंजली चन्द, १३.ममता चौधरी, १४.डली भट्ट, १५.अप्सरी बेगम, १६.कविता कुवँर, १७.सुमन बिष्ट, १८.अश्मिना कर्मचार्य, १९.बिन्दु रावल, २०.आरती बिडारी, २१.सुमन खतिवडा, २२.सरस्वती चौधरी, २३.संगिता राई, २४.सबनम राई, २५.रेवती धामी
December 14, 2024
हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]