6 years ago
September 14, 2019
एजेन्सी – एसेज सिरिज अन्र्तरगत पाँचौ खेलको पहिलो इनिङमा तीब्र गतिका बलर जोर्फा आर्चरले घातक बलिङ गरेपछि अष्ट्रेलिया सस्तैमा समेटिदा इंग्ल्यान्डले अग्रता लिएको छ ।

दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले ७८ रनको अग्रता लिएको छ। दोस्रो इनिङमा इंग्ल्यान्डले ४ ओभरमा ९ रन जोड्न कुनै विकेट गुमाएको छैन ।
त्यस अघि अष्ट्रेलिया पहिलो इनिङमा ६८.५ ओभरमा २ सय २५ रनमा अल आउट भयो । स्टिभ स्मिथले १ सय ४५ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ८० रनको महत्वपूर्ण योगदान दिए । उत्कृष्ट लयलाई निरन्तरता दिएका स्मिथलाई क्रिस वोक्सले ६२ ओभरको पहिलो बलमा एलबी डब्लूको धरापमा पारेका थिए ।
त्यस्तै मार्नुस लाबुसेन ४८, मिचेल मार्श १७ र मेथ्यु वेड १९ जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले २३.५ ओभरमा ९ मेडन सहित ६२ रन खर्चेर ६ विकेट लिए । त्यस्तै साम करन ३ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो।
पहिलो इनिङमा इंग्ल्यान्ड २ सय ९४ रनमा अल आउट भएको थियो । उसका लागि कप्तान जो रुट ५७,रोय बर्न्स ४७,ज्याक लेच २१,जोनी बेयरस्टो २२ र बेन स्टोक्स २० रनमा आउट भए । तल्लोक्रममा जस बटलरले ९८ बलमा ७ चौका र ३ छक्का सहित ७० रन जोडेका थिए । मिचेल मार्शले ५,प्याट कमिन्स ३ र जोसन हेजलवुडले २ विकेट लिए । पाँच एसेज सिरिजमा अष्ट्रेलियाले २-१ ले अघि छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]