6 years ago
September 14, 2019
एजेन्सी – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाँच पटकको च्याम्पियन भारत फाइनलमा बंगलादेशसँग १ सय ६ रनमै अल आउट भएको छ ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारत ३२.४ ओभरमा १ सय ६ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । तल्लोक्रमका कर्ण लालले ४३ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३७ रनको यागदान दिए । त्यस्तै कप्तान धुब्र जुरेल ३३ र ससावत रावतले १९ रन जोड्न बाहेक अन्यले दोहोरो अकमा रन जोड्न सकेनन् ।
बंगलादेशका शामिम हसनले ६ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुत्तुन्जय चौधरीले ७.४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे । शाहिन आलम र हसन सकीबको नाममा समान १ विकेट रह्यो । यू१९ एसिया कप हाल सम्म बंगलादेशले जित्न सकेको छैन ।
समुह बी मा रहेको नेपाल श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपालले अन्तिम खेलमा यूएईलाई १ सय ६० रनले पराजित गरेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]