6 years ago
September 14, 2019
एजेन्सी – भारतले एसीसी यू१९ एसिया कप २०१९ को उपाधि जितेको छ । फाइनलमा शनिबार बंगलादेशमाथि ५ रनको नाटकीय जित निकाल्दै छैटौं पटक एसीसी यू१९ एसिया कपको उपाधि जितेको हो । १ सय ७ रनको सामान्य लक्ष्य बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि हात पारेको हो ।
कप्तान अकबर अलीले २३ र मृत्तुन्जय चौधरीले २१ रनको यागदान दिएपनि टोलीको हार टार्न सकेनन् । एक समय २१ ओभरमा ७८–८ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई नवौ विकेटका लागि रकीबुल हसन र हसन सकीबले २३ रनको साझेदारी गर्दै केहि आशा देखाएका थिए ।
तर सकीब १२ रनमा आउट भएपछि बंगलादेश पराजित हुन पुगेको हो। हसन ११ रनमा अविजित रहे । भारतको जितमा अर्थभ अन्कोलेकरले ८ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै आकश सिंहको नाममा ३ विकेट रह्यो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३२.४ ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटिन पुगेको थियो ।
बंगलादेशको धारीलो बलिङ सामु भारतका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । खराब सुरुवात गरेको भारतका लागि तल्लोक्रमका कर्ण लालले ४३ बलमा ३ चौका र १ छक्का ३७ रनको यागदान दिएपछि एक सय रन पार गरेको थियो । कप्तान धुब्र जुरेल ३३ र ससावत रावतले १९ रन जोड्दा अन्यले ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।
बंगलादेशका शामिम हसनले ६ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुत्तुन्जय चौधरीले ७.४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे पनि उपाधि जिताउन सकेनन्। शाहिन आलम र हसन सकीबको नाममा समान १ विकेट रह्यो । समुह बी मा रहेको नेपाल श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपालले यूएईलाई १ सय ६० रनले पराजित गरेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]