6 years ago
September 15, 2019
एजेन्सी – क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्राईडेन्टसले जमैका तल्लावाह्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती १०:४५ पछि सुरु हुने छ । जमैकामा विश्फोटक ब्याट्सम्यान क्रिस गेल छन् ।
सुरुवाती चारै खेलमा पराजित भएको जमैका पहिलो जितको खोजिमा छ । यता सन्दीप सम्मिलित बार्बाडोसले २ मध्य समान १ मा जित र हारका बेहोरेको छ । पहिलो जित निकाल्ने क्रममा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले पराजित गरेको थियो ।
जमैकाका लागि क्रिस गेल मुख्य हतियार हुन् । उनले सेन्ट किट्सविरुद्ध ६२ बलमा १० छक्का र ७ चौका सहित १ सय १६ रनको विश्फोटक इनिङ खेलेपनि जमैका पराजित भएको थियो । विश्फोटक गेल बार्बाडोसका लागि घातक बन्न सक्छन् । त्यस्तै अर्का विश्फोटक आन्द्रे रसेल भने घाइते छन् । सेन्ट लुसियाविरुद्ध हार्डस भिलोजेनको बलले लागेर आन्द्रे रसेल घाइते भएका थिए । त्यसैले रसेल आजको खेलमा खेल्ने वा नखेल्ने अनिश्चित छ ।

पहिलो खेलमा गुयानाविरुद्ध कमजोर ब्याटिङ गरेको बार्बाडोसले दोस्रो खेलमा सेन्ट किट्सविरुद्ध २ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।
आजको खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने निश्चित जस्तै छ । अघिल्लो खेलमा सेन्ट किट्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिदै म्यान अफ द म्यान बनेका सन्दीपको स्थान पक्का देखिन्छ । सन्दीपले पहिलो खेलमा गुयानाविरुद्ध १ ओभर मात्रै बलिङ गर्ने मौका पाएका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]