default_image

6 years ago

September 15, 2019

ब्लुबर्डलाई इन्डोर क्रिकेट उपाधि

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –ब्लुबर्ड इन्टरनेसनल कलेजले अन्तर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रोयल केसीटीसी इन्डोर क्रिकेट कोर्ट गोल्फुटारमा आइतबार भएको फाइनलमा ब्लुबर्डले ग्ल्यासियरले कलेजलाई ४२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारत १० ओभरमा ब्लुबर्डले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ग्ल्यासियरले ७५ रनमात्रै जोड्न सक्यो । ग्ल्यासियरका दिपेन्द्र बोहराले ४१ तथा विपिन आचार्यले १४ रन जोडे । विवेक राना र विश्व कार्कीले समान १ विकेट लिए । त्यसअघि पलिले ब्याटिङ गरेको ब्लुबर्डका लागि सचिन लेखकले ४५ रन तथा विवेक रानाले २९ रन जोडे । ग्ल्यासियरका कैलाश भट्टराई र दिपेन्द्र बोहराले समान १ विकेट लिए ।

फाइनल खेलमा ब्लुबर्डका विवेक रानामगर खेलको म्यान अफ दि म्याच घोषित भए । टेक्सस कलेजको आयोजनामा भएको प्रतियोगिताको विजेता ब्लुबर्डले ५१ हजार रुपैया हात पा¥यो । दोस्रो भएको ग्ल्यासियरले २५ हजार ५ सय रुपैयामा चित्त बुझायो । विवेक नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । ओजस्वी कलेजका अभियान बस्नेत उत्कृष्ट ब्याट्सम्यान र ओजस्वीकै आश्रय बस्नेत उत्कृष्ट ब्याट्समयान चुनिए ।

सर्वाेत्कृष्ट खेलाडी विवेकले पोखराको दोहोरो हवाई टिकट, आइफिल्क्सबाट गिफ्ट ह्याम्पर र काठमाडौं किङ्स ११ बाट इपिएललका लागि दोस्रो राउन्डका लागि वाइलड कार्ड इन्ट्री पाए । अभियान र आश्रयले पोखराको एकतर्फी हवाई टिकटसँगै आइफिल्क्सबाट गिफ्ट ह्याम्पर र काठमाडौं किङ्स ११ बाट इपिएललका लागि दोस्रो राउन्डका लागि वाइलड कार्ड इन्ट्री पाए । विजयी टोली तथा खेलाडीलाई पुर्व राष्ट्रिय खेलाडी तथा प्रदेश ३ का क्रिकेट संघधका अध्यक्ष राजु बस्नेतले पुरस्कृत गरे ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.