default_image

6 years ago

September 16, 2019

बार्बाडोसको हारमा सन्दीपको औसत प्रदर्शन

144 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टस जमैका तल्लावाहससँग ४ विकेटले पराजित भएको छ ।

क्रिस गेल उपस्थित रहेको जमैकाको जारी सीपीएलमा यो पहिलो जित हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । जमैकाको जितमा कप्तान चाडविक वाल्टनले ४२ बलमा ५ छक्का र १ चौका सहित ५१ रनमा नट आउट रहे । ओपनर क्रिस गेल २२,ग्लेन फिलिप्स २८ र जेवलिन ग्लेनले २७ रनको योगदान दिए । बार्बाडोसका लागि कप्तान जोसन होल्डर र हेडन वाल्शले समान २ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन सहित ३५ रन खर्चेर १ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो । उसका लागि एलशे नर्शले सर्बाधिक ३७ रनको योगदान दिए । त्यस्तै जेपी ड्युमिनी ३१,जोसन चार्लश र एलेक्स हक्सले समान १२ रन जोडे । सन्दीप ८ बलमा १ चौका सन्दीप १० रनमा अविजित रहे । जमैकाका जाहिर खानले ३,जर्ज वोक्र र रमाल लुईसले समान २ विकेट हात पारे ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले पाँचौ ओभरमा ८ रन मात्र खर्चेका थिए । पहिलो बल डट राख्दा दोस्रो बलमा क्रिस गेलले चौका प्रहार गरेका थिए । सन्दीपले १० औं ओभरमा १५ रन खर्चिए । तेस्रो र अन्तिम बलमा ग्लेनलले छक्का प्रहार गरेपछि महँगो सावित बने ।

सन्दीपले १३ औं ओभरमा १३ रन खर्चेर १ विकेट लिए । दोस्रो र चौथो बल छक्का खर्चिएका थिए । पाँचौ बलमा भने सन्दीपले जेवलिन ग्लेनलाई एलेक्स हक्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए । सन्दीपले १५ औं ओभर मेडन राख्न पुगेका थिए । चाडविक वाल्टनलाई लगातार ६ बल डट राखेका थिए ।

बार्बाडोसले आफ्नो तेस्रो खेल २१ सेप्टेम्बरमा सेन्ट लुसियासँग खेल्ने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.