6 years ago
September 16, 2019
एजेन्सी – एसेज सिरिजअन्तर्गत पाँचौ टेष्टमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि सानदार जित रचेको छ । घरेलु टोली इंग्ल्यान्डले १ सय ३५ रनले विजयी हुँदा पाँच खेलको टेष्ट सिरिज २-२ को बराबरीमा सकिएको छ । सिरिज बराबरीसँगै अष्ट्रेलियाले एसेज ट्रफी भने रक्षा गरेको छ ।

इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ७७ ओभरमा २ सय ६३ रनमा अल आउट हुन पुग्यो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले १ सय ६६ बलमा १७ चौका र १ छक्का सहित १ सय १७ रनको शतकीय इनिङ खेलेपनि हार टार्न सकेनन् । स्टिभ स्मिथ २३, मिचेल मार्श २४ र टिम पेन २१ रनमा आउट भए । इंग्ल्यान्डका ज्याक लेच र स्टुअर्ट ब्रोर्डले समान ४ विकेट हात पारे । कप्तान जो रुटको नाममा २ विकेट रह्यो ।
त्यसअघि दोस्रो इनिङमा इंग्ल्यान्डले ३ सय २९ रन जोडेको थियो । जो डेनलीले २ सय ६ बलमा १४ चौका र १ छक्का सहित सर्वाधिक ९४ रनको योगदान दिए । बेन स्टोक्सले ६७ रनको योगदान दिए । जस बटलर ४७ र जो रुटले २१ रन जोडे । अष्ट्रेलियाका नाथन लायनले ४,प्याट कमिन्स,पिटर सिडेल र मिचेल मार्शले समान २ विकेट हात पारे ।

त्यस अघि अष्ट्रेलिया पहिलो इनिङमा २ सय २५ रनमा समेटिएको थियो । स्टिभ स्मिथले १ सय ४५ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ८० रन जोडे । मार्नुस लाबुसेन ४८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका जोफ्रा आर्चरले २३.५ ओभरमा ९ मेडन सहित ६२ रन खर्चेर ६ विकेट लिएका थिए । युवा खेलाडी साम करन ३ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो।
पहिलो इनिङमा इंग्ल्यान्ड २ सय ९४ रनमा अल आउट भएको थियो । उसका लागि कतल्लोक्रममा जस बटलरले ९८ बलमा ७ चौका र ३ छक्का सहित ७० रन जोडेका थिए । कप्तान जो रुट ५७,रोय बर्न्स ४७ र ज्याक लेच २१ रन जोडे । मिचेल मार्शले ५,प्याट कमिन्स ३ र जोसन हेजलवुडले २ विकेट लिए । स्टिभ स्मिथ र बेन स्टोक्स संयुक्त रुपमा म्यान अफ द सिरिज घोषित भए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]