6 years ago
September 16, 2019
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ ( क्यान) को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । यस अघि असोज ३ र ४ मा हुनेभनेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असहमति जनाएपछि अन्यौलमा रहेको थियो ।
आज काठमाडौंमा राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल,स्वतन्त्र समितिका आईसीसी प्रतिनिधि अमर शेख र इमरान ख्वाजाबीचको छलफलले असोज १० र ११ मा गर्ने निर्णय गरेको स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए ।
स्वतन्त्र समितिले निर्वाचनका लागि स्वीकृति नलिएको, २१ दिने सार्वजनिक सुचना जारी नगरेका र निर्वाचन समिति राखेपले नै बनाउने पर्ने जिकिर गर्दै सदस्य सचिव सिलवालले असोज ३ र ४ मा निर्वाचन रोक्न स्वतन्त्र समितिलाई मौखिक निर्देशन दिएका थिए । ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सम्पन्न भई सकेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]