6 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने एसिएल यू १९ क्रिकेट टि ट्वान्टी प्रतियोगिताको सबै तयारी पुरा भएको बताइएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा असोज २ देखी १५ गते चल्ने प्रतियोगितामा देशभरका १६ निजी क्रिकेट एकेडेमीको सहभागिता रहने छ ।
प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाडौं,विराटनगर क्रिकेट एकेडेमी मोरङ,स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगन्ज पर्सा,जय क्रिकेट एकेडेमी महेन्द्रनगर,ग्रेटर हिमायलन क्रिकेट एकेडेमी काठमाडौं,नेक्सस क्रिकेट एकेडेमी ए र बी रहने छन् ।
त्यस्तै वेष्टर्न क्रिकेट एकेडेमी बुटवल,ज्ञानज्योती क्रिकेट एकेडेमी दाङ, पोखरा क्रिकेट एकेडेमी,राईजिङ पोखरा क्रिकेट एकेडेमी ,हिमालयन क्रिकेट एकेडेमी काठमाडौं,नेपाल स्पोर्टस म्यानेजमेन्ट काठमाडौं,एन्जल स्पोर्टस एकेडेमी र काठमाडौं क्रिकेट एकेडेमीको सहभागिता रहने छ ।
१६ टोलीलाई चार समूहमा राखेर प्रतिस्पर्धा गराईने छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । तियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान,बलर,म्यान अफ द सिरिज र उदयमान खेलाडीलाई पनि आवर्डको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीले ईपीएलको फे्रन्चाइज टोली काठमाडौं क्रिग्स इलाभेनको टोलीसँग सिधै दोस्रो चरणमा जोडिनेछन् । त्यस्तै उत्कृष्ट चार खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमी दिल्लीमा ६ महिना निशुल्क प्रशिक्षणको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
अन्य पाँच उत्कृष्ट खेलाडीले काठमाडौंमा रहेको नेक्सस एकेडेमीमा १ वर्ष निशुल्क प्रशिक्षण गर्न पाउने बताइएको छ । प्रतियोगितामा विमाको पनि ब्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागि खेलाडी तथा अफिसियलहरुको रु ५ लाख रुपैयाँको दुर्घटना विमा गरिएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]