default_image

6 years ago

September 16, 2019

निर्वाचनपछि क्यानको निलम्बन हट्ने आशा !

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको तीन वर्षभन्दा बढी समय भइसकेको छ । आन्तरिक विवादबाट आजित केहिले सुरुमा आइसिसीको निलम्बनलाई ठिकै मानेका थिए । समय वित्दै जाँदा सुरुमा ठिकै मान्नेहरुले आन्तरिकद्वन्द्व भन्दा पनि आइसिसीको निलम्बन बढी खतरनाक हुने अनुभव गरे ।

तर, आइसिसीले निलम्बन फुकुवा गर्ने सम्भावना भने टर्दै गयो । पटक पटक निलम्बन फुकुवाको सम्भावना बढ्यो भन्ने समाचार नआएका पनि होइनन् । तथापी यो बीचमा आइसिसीको बैठक पटक पटक बस्यो तर निलम्बन हटेन । नेपालको क्रिकेटको वैधानिक निकास निस्कने सम्भावना बढेपछि अब पनि क्यानमाथिको निलम्बन फुकुवा हुनु सम्भावना बढेको छ । तथापी राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव रमेशकुमार सिलावलको अभिव्यक्तिले भने निलम्बन फुकुवामा संसय थियो ।

सदस्य सचिव सिलवाल र आइसिसीका प्रतिनिधिबीच सोमबार भेटवार्ता पछि फेरि निलम्बन फुकुवाको सम्भावना बढेको बताइएको छ । असोज ३ र ४ गतेका लागि आइसिसीबाट गठित ६ सदस्यीय स्वतन्त्र समितिले तय गरेको क्यानको निर्वाचनमा सिलवालले आपत्ती जनाएपछि सोमबार वार्ता भएको थियो । वार्तापछि असोज १० र ११ गतेका लागि क्यानको साधारण सभा गर्ने सहमति बनेको छ । त्यहि निर्वाचन पछि नयाँ परिस्थितिपछि क्यानमाथिको निलम्बन फुकुवा हुने आशा गरिन थालिएको छ ।

सिलवालले आफ्नो निमन्त्रणामा आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा र अमर शेखलाई नेपाल बालाएर क्यानको विवाद समधान र निर्वाचन बारे सोमबार छलफल गरेका छन् । बिहान साढे १० देखि झन्डै १ बजे सम्म सोल्टीमा बसेको छलफल पछि अक्टोबरमा हुने आइसिसीको बैठक पछि क्यानमाथिको निलम्बन फुकुवा हुने सिलवालले दाबी गरे ।

छलफलपछि आईसीसी क्यानमिाथको निलम्बन फुकुवा र क्रिकेट विकास गर्न निकै सकारात्मक देखिएको सिलवालले बताए । ुक्यानमा असल नेतृत्व स्थापित होस् भन्ने उहाँहरुको मनसाय छ । उनीहरु नेपाली क्रिकेट विकासका लागि सकारात्मक देखिन्छन्, सिलवालले भने, अक्टोबरको बैठकमा फुकुवा हुनु सम्भावना छ । त्यस्तै आउने दिनमा नेपाली क्रिकेटले ठूलो फड्को मार्ने छ ।

छलफलपछि निकै हसिलो र खुसियाली अनुहारमा देखिएका सिलवालले भने,’अहिलेनै नभनौ,नेपाली क्रिकेटको विकासको लागि महत्वपूर्ण केहि छलफल भएको छन् । जसले आगमी दिनमा ठूलो प्रभाव पार्ने छ । एक वर्षमा नेपालले ठूलो फड्को मार्नुको साथै धेरै सकारात्मक परिवर्तन देखिने छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ब्यस्त रहनेछ ।

आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा,अंमर शेख र सिलवालबीचको छलफलमा ४ महत्वपूर्ण निर्णय भएको बताइएको छ ।

१. निष्पक्ष निर्वाचन- छलफलमा क्यानको निर्वाचन निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त भएको छ ।

२ .क्यानको निर्वाचन – क्यानको निर्वाचन असोज १० र ११ गते मा काठमाडौंमा गर्ने निर्णय भएको छ ।

३. क्यानको निलम्बन फुकुवाको पहल- छलफलमा क्यानको निलम्बन फुकुवाको लागि पहल गर्ने सहमति भएको छ । अक्टोबर १२ र १३ मा बस्ने आईसीसीको बोर्ड बैठकमा क्यानको निलम्बन फुकुवाको लागि पहल गर्ने निर्णय भएको हो । शेख र ख्वाजा निकै सकारात्मक रहेको हुँदा अक्टोबर १३ को बैठकले निलम्बन फुकुवा गर्नेमा राखेप सदस्य सचिव सिलवाल आशावादी ।

४.नेपाली क्रिकेटको विकास- बैठकमा नेपाली क्रिकेटको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । खेलाडीलाई कसरी प्रशिक्षण दिने ,अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्न पूर्वाधार विकास, खेलाडीको विकास, माथिल्लो स्तरको प्रतियोगिता आयोजना गर्ने विषयमा पनि छलफल

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.