6 years ago
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस वर्षको संस्करणको प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलबाट हुने भएको छ ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा इपिएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सन्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो । नेपालको लागि भने प्रसारण अधिकारी इपिएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा इपिएलले नेपाली च्यानललाई पनि अधिकार प्रदान गर्न सक्नेछ ।
डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गरेको थियो ।इपिएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए ।
डी स्पोट्र्सका दिलिपले पनि नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए । यू१९ टोलीका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय बोर्डकाष्टले विदेशी समर्थक आर्कषित गर्नुको साथै स्तरीय प्रसारण देख्न पाइने बताए । नेपाली फ्रेन्चाइज क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडियाको प्रयोग गरिएको हो ।
यसअघि इपिएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपी वान एचडीले गरेको थियो । चौथो संस्करणको ईपीएल आगमी फागुन १७ देखी चैत्र १ सम्म हुने छ । इपिएलमा ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]