default_image

5 years ago

September 17, 2019

बलिङ प्रशिक्षकका रुपमा वेंकटराम नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बलिङ प्रशिक्षकका रुपमा भारतका पुर्व स्पिनर वुरिती वेंकटराम नेपाल आएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सिंगापुर र ओमानमा हुने टि२० सिरिज सम्मको लागि उनलाई नेपाल पठाएको नेपाली क्रिकेटका मिडिया म्यानेजर तथा भिडियो एनालिष्ट सुरज शाक्यले हाम्रो खेलकुदलाई जानकारी दिए । उनी सोमबार नेपाल आई पुगेका […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बलिङ प्रशिक्षकका रुपमा भारतका पुर्व स्पिनर वुरिती वेंकटराम नेपाल आएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सिंगापुर र ओमानमा हुने टि२० सिरिज सम्मको लागि उनलाई नेपाल पठाएको नेपाली क्रिकेटका मिडिया म्यानेजर तथा भिडियो एनालिष्ट सुरज शाक्यले हाम्रो खेलकुदलाई जानकारी दिए । उनी सोमबार नेपाल आई पुगेका छन् । नेपालको प्रमुख बलियो मानिने बलिङ पछिल्लो समय कमजोर रहँदै आएको छ ।

गत महिना सिंगापुरमा सम्पन्न टि२० एसिया विश्वकप छनोटमा नेपालको बलिङ कमजोर देखिएको थियो । वेंकटसँग भारतबाट प्रथम श्रेणी र लिष्ट ए क्रिकेटको अनुभव छ । उनले ६८ प्रथम श्रेणीको खेलमा २.७१ को इकोनमीमा रन खर्चेर कुल २ सय १७ विकेट लिएका छन् । बेनकटराम बीसीसीआईका लेभल ३ का कोच हुन् ।

उनले रणजी ट्रर्फिमा झारखण्ड लगायतका टोलीलाई प्रशिक्षण दिइसकेका छन् । उनले सन् १९७३ देखी १९९२ सम्म भारतबाट प्रथम श्रेणी र लिष्ट ए खेल खेलेका थिए । नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म सिंगापुर, जिम्बाबेसँग सिंगापुरमा त्रिकोणात्मक टि२० सिरिज खेल्ने छ । सिंगापुरबाटै नेपाली टोली ओमानमा पाँच राष्ट्रबीच हुने टि२० सिरिज खेल्न जाने छ ।

उक्त सिरिजमा नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्यान्ड र हङकङ छन् । नेपाली टोली यी दुई टि२० सिरिज र आगमी डिसेम्बरमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि गत तीन हप्तादेखि बन्द प्रशिक्षणमा छ । सिंगापुर र ओमानमा हुने टि२० सिरिजको लागि नेपालको एक दुई दिनमै घोषणा हुने छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.