default_image

5 years ago

September 26, 2019

‘अध्यक्ष बाहेक उठ्न नैतिकताले मिल्दैन ‘– चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा पछिल्लो समय पटक पटक सुनिएको नाममा हो चतुरबहादुर चन्द । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा पर्दा उनी क्यानको अध्यक्ष थिए । क्यानमा लामो समयदेखि आबद्ध छन् भएपनि मुख्य नेतृत्वको रुपमा भने उनले काम गर्ने अवसर पाउँदै पाएनन् भन्दा फरक पर्दैन । क्यान अहिले फेरि […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा पछिल्लो समय पटक पटक सुनिएको नाममा हो चतुरबहादुर चन्द । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा पर्दा उनी क्यानको अध्यक्ष थिए ।

क्यानमा लामो समयदेखि आबद्ध छन् भएपनि मुख्य नेतृत्वको रुपमा भने उनले काम गर्ने अवसर पाउँदै पाएनन् भन्दा फरक पर्दैन । क्यान अहिले फेरि नेपाली खेलकुदको चर्चाको केन्द्रमा छ । कारण यसै साता हुने निर्वाचन । यद्दपी औपचारिक रुपमा उम्मेदवारी कसैले घोषणा गरेका छैनन् । चन्द भने १७ जनाको प्यानल नै बनाएर चुनावी मैदानमा उत्रने तयारीमा जुटेको बताउँछन् ।

नेपाली क्रिकेटमा लामो समयदेखि जोडिएका पूर्व अध्यक्ष विनयराज पाण्डेले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । चन्द अध्यक्ष रहकै क्यानको उपाध्यक्ष विनोद मैनालीले पनि अध्यक्षमा नै उम्मेदवारी दिने चर्चा पनि चलेको छ । औपचारिक उम्मेदवारीका लागि भने अझै केहि समय कुर्ने पर्ने हुन्छ ।

निकै उतार चढाव बेहोरेको क्यान आइसिसीको निलम्बनकै अवस्थामा निर्वाचनमा जाँदैछ । यो निर्वाचनलाई क्यान निलम्बन फुकुवाको प्रस्थान विन्दुका रुपमा पनि हेरिएको छ । क्यानको निर्वाचन सहज ढंगमा अघि बढेर नेतृत्व चयन भएको खण्डमा अक्टोबर १३ मा बस्ने आइसिसीको बैठकले क्यानमाथिको निलम्बन फुकुवा हुन सक्छ भन्ने धेरैको आशा रहेको छ ।

२०७२ मा एउटा पक्षको बहिष्कारपछि बसकेको साधारण सभाबाट अध्यक्षमा निर्वाचित चन्द फेरि निर्वाचनमा होमिएका छन् । नेपाल कांग्रेसका चन्द अध्यक्ष निर्वाचित हुँदा तत्कालिन अध्यक्ष टंक आङबुहाङको समूहले निर्वाचन बहिष्कार गरेको थियो । त्यसलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनलाई अस्वीकार गर्दै अहिलेका राखेप सदस्य सचिव रमेश सिलवालको अध्यक्षमा क्यान पुर्नगठन गरेका थिए ।

राखेपका हस्तक्षेपका बाबजुद क्यानको दोहोरो अस्तित्व कायम रह्यो । जसले गर्दा क्यानमाथि निलम्बन गर्न आइसिसीलाई बलियो आधार मिल्यो । त्यसयता पटक पटकको प्रयासपछि क्यान निर्वाचनको मुखमा आइपुगेको छ । यहाँ आइपुग्दा सबैले निर्वाचनलाई नै विवाद समाधान र निलम्बन फुकुवाको एउटा माध्यम हुन सक्ने मानेका छन् । हिजो विवादमा रहेका सबै पक्ष निर्वाचनमा जुटेका कारण पनि अब क्यान विवाद अन्त्य हुने अनुमान स्वभाविक रुपमा गरिएको छ ।

सोही निर्वाचनकै सेरोफेरोमा रहेर हाम्रो खेलकुद डटकमका भूपेन्द्र जिसीले चन्दसँग गरेको कुराकानी ।

अध्यक्षमा पुनः उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ?

– एक पटक फेरि अध्यक्ष भएर काम गर्न साथीहरुले भनेका छन् । त्यसैले मेलै अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ । तयारी भनेर यो आम निर्वाचन जस्तो होइन । क्रिकेटका थोरै प्रतिनिधिले चुन्ने हो । यसका लागि ठूलो तयारी गर्नु पर्दैन । अरु प्राविधिक पक्षलाई आईसीसीले मिलाई रहेको छ । हामीले साथीभाईसँग कुराकानी गरेर आफ्नो तयारी गरेका मात्र हौ ।

क्यानका अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
– क्रिकेटमा लागेको साढे दुई दशक भन्दा बढि हुन लाग्यो । पछिल्लो समय अध्यक्ष भएर पनि काम गर्न पाइन । क्रिकेटलाई लिएर मेरा केहि भिजन छन् । तीनलाई लागु गर्न पनि म उम्मेदवार भएको हुँ । चार वर्ष काम गर्न नपाउँदा नेपाली क्रिकेट ओरालो लाग्यो । सरकारी हस्तक्षेपको कारण क्यान निलम्बन भयो । तत्कालिन सदस्य सचिव केशव कुमार विष्टले समानान्तर क्यान गठन नगरेको भए मलाई लाग्छ क्रिकेटले एउटा निकास पाउथ्यो ।

नेपाली क्रिकेटको वास्तविक ऐना देखाउने मेरो पहिलो लक्ष्य छ । निलम्बन फुकुवा गराउनका साथै नेपाली क्रिकेटलाई पारदर्शी बनाउनुछ । क्रिकेटमा गर्नु पर्ने थुप्रै काम छन् । त्यसलाई १० मिनेटमा ब्याख्या गर्न सकिदैन । सबै कुरा आईसीसीसँग समन्वय गरेर निकास दिने सोच छ । आईसीसी पनि नेपाल क्रिकेटलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा छ भन्ने मेरो बुझाई हो ।

क्यान विवादमा तपाईको पनि नाम जोडिन्छ नि ?

–  पछिल्लो निर्वाचनमा टंक आङबुहाङ लगायत ११ जनाको समूह निर्वाचनमा आएन । हामीले जित्यौं । तर तत्कालिन सदस्य सचिव विष्टले अध्यक्षले नमानेको भनेर क्यान पूर्नगठन गर्नुपभयो । विधान सम्मत निर्वाचन गरेकाले हामीले राखेपको कदमलाई स्वीकार गरेनौं । आईसीसीले स्पष्ट भनेको छ,क्यानमा सरकारी हस्तक्षेप भयो । सरकारी हस्तक्षेप चतुरबहादुर चन्दले गरेको हो र ? दुई वटा समितीलाई आईसीसीले मान्यता दिएन । निष्पक्ष चुनाव नभएको भए राखेपले पुन निर्वाचन गर्नु पथ्यो । हामी त्यसको लागि पनि तयार थियौं । यसै निपक्ष निर्वाचन भएन भन्दै पूर्नगत गरियो ।

पहिला जिल्लाका प्रतिनिधि आउँदा फर्जि भनियो । अहिले पनि त ९० प्रतिशत भन्दा बढि तिनै प्रतिनिधि आएका छन् । त्यति बेला फोर्जी थिए भनियो अहिले कसरी सक्कली भए ? क्यान निलम्बन राखेपको तत्कालिन नेतृत्व जिम्मेवार छ ।

तपाईं अध्यक्षमा पुनः निर्वाचत हुने आधार के हो ? तपाईलाई जिल्लाको राम्रो साथ छ भन्ने सुनिन्छ । अध्यक्षमा जित्नुभयो भने के कस्ता काम गर्नुहुन्छ ?

– चुनावमा केहि भन्न सकिदैन । तर मलाई साथीहरुले विश्वास गर्छन् भन्ने लागेको छ । जिल्ला संघको अध्यक्ष हुँदै केन्द्रमा काम गरि सकेको छु । त्यसैले जिल्ला संघको समस्या बुझ्छु । उपाध्यक्ष भएर ८ वर्ष काम गरे । साथीहरुको विश्वास नै मेरो जित्छु भन्ने आधार हो ।

अध्यक्षमा निर्वाचित हुनु भएको खण्डमा तपाईका प्राथमिकता केमा हुनेछ ?

– पहिलो त निलम्बन फकुवा नै हो । त्यसपछि आर्थिक पारदर्शिता । आईसीसीसँग मेरो अहिले राम्रो सम्बन्ध नहोला । आईसीसीले व्यक्ति तोक्दैन,उसले संस्था हेर्छ । उमेर समुहको घरेलु क्रिकेट संचालन गर्छु । गाउँ गाउँबाट क्रिकेट प्रतिभाबाट माथि ल्याउने प्रयास रहने छ । धेरै प्रतियोगिता भए धेरै खेलाडी आउछन् । ए टिम बनाएर खेलाउने छौं । बेन्चलाई पनि बलियो बनाउनेछौ ।

क्रिकेटमा जति विवाद भए पनि नेपाली क्रिकेटले २०६७ देखी २०७१ सम्म उचाई लिएको थियो । दुई वर्षमा डिभिजन ५ बाट १ सम्म पुर्याएका थियौै । विश्वकप पनि हामी हुँदा खेलेको थियो । काम गर्दै जादा केहि गल्ती भएका होलान् तर नेपाली क्रिकेटको विकास त भएको थियो नि ।

नेतृत्व चयनका लागि सर्वसम्मत हुने सम्भावना छैन ?

– म पूर्व अध्यक्ष । निलम्बनमा परेको क्यानको अध्यक्ष । अब मलाई सचिव र उपाध्यक्ष भएर काम गर्न नैतिकताले मिल्दैन । मेरा अग्रज नेपाली क्रिकेटका महान व्यक्तित्व विनयराज पाण्डेसँग अनुरोध गरेको थिए । उहाँले ४० वर्ष भन्दा लामो समय योगदान दिई सक्नु भएको छ । तपाई संरक्षक भएर बस्नु भयो भने तपाईको सरसल्लाहले अघि बढाउछु मलाई अध्यक्ष मान्न पर्यो भनेको थिए । सुरुमा कुनै जवाफ दिनु भएन ।

पछि अध्यक्ष बन्ने आकांक्षा देखाएपनि सहमति हुने सम्भावना कम छ । विनय दाईले मान्नु भयो भने सहमति हुन सक्छ । मेरो इच्छा अन्तिम पटक चार वर्ष काम गर्न पाउ भन्ने मात्र हो । कि मैले क्रिकेट छोड्नु पर्यो । राम्रो गर्न सकिन भने त बदनाम हुन्छ । राम्रो गरें भने सम्रग नेपाल र नेपाली क्रिकेटका लागि राम्रो हुन्छ ।

आर्थिक पारदर्शिता कामय गर्न सहज छ ?

– निर्वाचन भएको खण्डमा मेरो कार्यकलमा आर्थिक अनियमितता हुन दिन्न । क्रिकेटबाटै गुजारा चलाउने हुने छैन । स्वयम सेवकको हिसाबले काम गर्ने छौं । क्यानलाई गरि खाने भाडो बनाउनेको विरुद्धमा छु । क्रिकेटलाई राम्रो गर्न आएका हौ भने त्यस्तो गर्नु हुदैन । निश्चित सुविधा बाहेक अन्य हुदैन ।

तपाईको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर छ भन्ने आरोप छ नि ?

– त्यो आग्रहसहितको बुझाई हो । मेरो काठमाडौंमा घर छैन, त्यसैले अध्यक्ष बन्न योग्य छैन भनेको पनि सुनेको छु । अध्यक्षका लागि घर हुनु योग्यता हो र ? होला भाषमा केहि कमजोर होला । मौका पाउँदा राम्रो गर्ने छु । सुधार गर्दै जान्छु । म अहिले सम्म आईसीसीको वार्षिक साधरण सभामा गएको छैन । एक दुई पटक गए भने राम्रो सम्बन्ध बनाउँछु ।

म व्यक्तिगत रुपमा केहि जाने होइन, संस्थाको प्रतिनिधि भएर जाने हो । अन्तर्राष्ट्रिय निकायले व्यक्तिलाई मात्र हेर्छ की देशको प्रतिनिधिलाई ? सूदुरपश्चिमबाट म यहाँ यसै आए होला त । आलोचनाका लागि केहि न केहि वहाना गर्ने हाम्रो परम्परा मात्रै हो ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.