default_image

6 years ago

October 2, 2019

वुमन्स च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना आयोजना हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

५ टोलीको सहभागितामा डब्लुसिएल असोज २९ देखि कात्तिक ७ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्याट क्विन्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ टोली छन् ।

उद्घाटन खेल असोज २९ गते क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच हुने बताइएको छ । त्यस्तै असोज ३० गते मा पहिलो खेलमा क्याट क्विन्स काठमाडौं र पोखरा पल्टन तथा दोस्रो खेलमा ललितपुर फाल्कोस र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुने छ । कात्तिक १ गते पहिलो खेलमा विराटनगर र पोखरा तथा दोस्रो खेलमा चितवन र ललितपुर भिड्ने छन् ।

कात्तिक २ गते मा पोखरा र चितवन तथा दोस्रो खेलमा विराटनगर र काठमाडौंबीच प्रतिस्पर्धा हुने छ । कात्तिक ३ गते पहिलो खेलमा काठमाडौं र ललितपुर तथा दोस्रो खेलमा चितवन र विराटनगर भिड्ने छन् । कात्तिक ४ गते ललितपुर पोखराबीच प्रतिस्पर्धा हुने छ । शीर्ष स्थानमा रहने टोली स्वतः फाइनलमा पुग्ने छ ।

दोस्रो स्थान र तेस्रो स्थानमा रहेका टोलीबीच कात्तिक ५ गते एलिमिनेटर खेल हुने छ । जसको विजेता शीर्ष स्थानमा रहेको टोलीसँग उपाधिको लागि कात्तिक ७ गते भिड्ने छ । दुई खेल हुने दिन बिहान ९ः३० बजे र दिउँसो १ः३० बजे खेल सुरु हुने बताएको छ । उद्घाटन,एलिमिनेटर र फाइनल खेल भने ११ः ३० बजे सुरु हुनेछ ।

राष्ट्रिय महिला टोलीकी सदस्य एवंम् पूर्व कप्तान नेरी थापा ललितपुरकी मार्की खेलाडी हुन् । त्यस्तै पोखरामा सिता रानामगर,काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री,चितवनमा इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडी रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.