6 years ago
October 2, 2019
एजेन्सी – नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि ट्वान्टी वरियतामा नेपाल एक स्थान त खस्किएको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल खस्किदै १२ औं स्थानमा पुगेको छ ।
नेपालको १७ खेलमा ३ हजार २ सय ९६ प्वाइन्ट र १ सय ९४ रेटिङ छ । अझैं पनि नेपाल दुई टेष्ट राष्ट्र अघि छ । यूएई १३,जिम्बावे १४,आयरल्यान्ड १५ र नेदरल्यान्डस १६ औं स्थानमा छ ।
पाकिस्तान शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो,दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । भारत चौथो,अष्टेलिया पाँचौ र न्युजिल्यान्ड छैटौं छन् । ११ औं स्थानमा स्कटल्यान्ड रहेको छ । ओडीआईमा भने नेपाल १७ औं स्थानमै कायम छ ।
नेपाली टोली यति बेला त्रिकोणात्मक टि ट्वान्टी सिरिजका लागि सिंगापुरमा रहेको छ । नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीच त्रिकोणात्मक सिरिज भएको थियो । जहाँ नेपालले जिम्बाबेसँगको दुवै खेल हारेको थियो । नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो ।
बुधबारका लागि तय नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण रद्द भएको थियो । । नेपाली टोली बिहबिार सिंगापुरबाट ओमानतर्फ जाने छ । ओमानमा असोज १८ देखी २३ सम्म पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजलाई नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]