default_image

6 years ago

October 3, 2019

चौथो संस्करणको डिपिएल फागनुमा

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) आगामी फागुन पहिलो साता हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार  प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेको छ ।

क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत डिसिएले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) को समन्वयनमा चौथो संस्करणको डिपिएलको मिती सार्वजनिक गरेको एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ । ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो। अत्तरियाले फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डिपिएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रकम हात पारेको थियो । यसअघिका दुवै संकरणको उपाधि साविक धनगढी टिम चौराह हाल (धनगढी स्टार्स) ले जितेको थियो । रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ शहरका ६ फ्रेन्चाइज टिम रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.