6 years ago
October 3, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशालअग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिदा भारतले ४ सय ६३ रनको अग्रता लिएको छ । भारतले १ सय ३६ ओभरमा ५०२-७ को अवस्थमा पहिलो इनिङ समाप्तीको घोषणा गर्यो । भारतका लागि ओपनर मयंक अग्रवालले २ सय १५ रनको दोहोरो शतकको उत्कृष्ट योगदान दिए ।
१ सय २० ओभरको चौथो बलमा क्याच आउट हुनुअघि अग्रवालले ३ सय ७१ बलमा २३ छक्का र ६ छक्का प्रहार गरे । उनको यो टेष्ट करिअरकै उच्च र पहिलो दोहोरो शतक हो । त्यस्तै अर्का ओपनर रोहित शर्माले २ सय ४४ बलमा २३ चौका र ६ छक्का सहित १ सय ७६ रनको योगदान दिएपछि भारतले पहिलो इनिङमै विशाल रन बनाएको थियो ।
चेतेश्वर पुजारा ६,कप्तान विराट कोहली २०,अजिंक्या रहाणे १५,रविन्द्र जडेजा ३०,हनुमा विहारी १० र रिद्धीमान शाहले २१ रन जोडे । दक्षिण अफ्रिका लागि केशव महाराजले सर्वाधिक ३ विकेट लिए । भर्नोन फिलेन्डर,डियन एल्गर,डनी पिड्ट,सेजरज मधुसामीको नाममा समान १ विकेट रह्यो ।
त्यस्तै दोस्रो दिन पहिलो इनिङ थालेको दक्षिण अफ्रिकाले खराब सुरुवात गरेको छ । दोस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिका २० ओभरमा ३९-३ को कमजोर अवस्थामा छ । उसका एडेन मार्कराम ५,डे ब्रुइन ४ र डेन पिड्ट डक आउट भएका छन् । डीन एल्गर २७ र तेम्बा बुभुमा २ रनमा अविजित छन् । भारतका रविचन्द्र आश्विन २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]