6 years ago
October 3, 2019
एजेन्सी – जिम्बावेले नेपाल र सिंगापुरसँगको त्रिकोणात्मक सिरिज जितेको छ । अन्तिम खेलमा घरेलु टोली सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले उपाधि जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।
जिम्बावेको जितमा ओपनर पिटर मुरले ६० बलमा ९ चौका र ६ छक्का सहित ९२ रनमा अविजित रहँदै टोलीको सहज जित पक्का गरे । त्यस्तै टोनी मनयोंया ४४,कप्तान सेन विलियम्स ११ र रेजिस चकवाले ६ रन जोडे । सिंगापुरका टिम डेविड र जनक प्रकाशले समान १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । उसका ओपनर सुरेन्द्रन चन्द्रमोहनले ४७ बलमा ५ चौका र ४ चौका सहित सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै टिम डेविड ४७,जनक प्रकाश २२,मनप्रित सिंह ९ र रोहन रंगराजनले ५ रन जोडे ।
जिम्बावेले पहिलो खेलमा नेपाललाई ५ विकेटले हराएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हरायो । तेस्रो खेलमा जिम्बावे सिंगापुरसँग ४ रनले स्तब्ध भएको थियो । चौथो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भयो । पाँचौ खेल नेपाल र सिंगापुरबीच वर्षाको कारण रद्द भएको थियो ।
जिम्बावे ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक सहित शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । ४ खेलमा समान १ खेल जितेको नेपाल रेन रेटका आधारमा दोस्रो स्थानमा रहँदा सिंगापुर पुछारमा रह्यो । त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली ओमानमा असोज १८ देखी २३ गते सम्म पाँच राष्ट्र सम्मिलित टि २० सिरिज खेल्न लागि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]