6 years ago
October 4, 2019
एजेन्सी – इंग्ल्यान्डमा सन् २०२० को जुलाई दोस्रो साताबाट सुरु हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि नाम दर्ता गराएका छन् । उनले १ लाख पाउन्ड (१ करोड ३९ लाख नेपाली रुपैयाँ) को दर्जामा आफ्नो नाम दर्ता गराएका हुन् ।

इंग्ल्यान्डमा आयोजना हुने नयाँ स्वरुपको यस प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ । प्रतियोगिताका लागि सबै टोलीका लागि मार्की खेलाडी भने तय भइसकेका छन् । पुरुषतर्फ प्रत्यक टोलीमा ३-३ तथा महिलातर्फ २-२ खेलाडी छनोट भइसकेका छन् । अक्टोबर २० मा हुने अन्तिम ड्राफ्टमा सम्पूर्ण टोलीका खेलाडीको टुंगो लाग्नेछ ।
प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्स फायरले सहभागिता जनाउने छन् । सबै खेलाडीले आफ्नो मूल्य पाउन्डमा १ लाख २५ हजार , १ लाख, ७५ हजार, ६० हजार, ५० हजार, ४० हजार र ३० हजार हुनेछ । प्रत्यक टोलीमा हरेक तलब क्षेत्रको २-२ खेलाडी अनुबन्धित हुनेछन् । कप्तानले १० हजार पाउन्ड थप प्राप्त गर्नेछन् ।

सन्दीपसँगै १ लाख पाउन्डको मूल्य समूहमा शहिद अफ्रिदी, हरभजन सिंह, शेन वाटसन, ड्वेन ब्राभो, फाफ डु प्लेसिस, आरोन फिन्च, शाकिब अल हसन, काइरान पोलार्ड, आन्द्रे रसल, सुनिल नाराइन, ग्लेन म्याक्स्वेल, तामिम इकबाल, ट्रेन्ट बोल्ट, केन विलियमसन, क्रिस लिन र रासिद खान रहेका छन् । योभन्दा माथिल्लो श्रेणीमा १ लाख २५ हजार पाउन्ड मूल्य श्रेणीमा क्रिस गेल, डेविड वार्नर, स्टिभन स्मिथ, मिचेल स्टार्क, लासिथ मालिंगा, क्विन्टन डीकक, लुंगी एनगिदी र कागीसो रबाडा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]