default_image

6 years ago

October 5, 2019

ओमानमा टि ट्वान्टी आज सुरु, नेपालको खेल भोली

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा आजबाट सुरु हुने टि ट्वाटी क्रिकेट सिरिज सहभागी ५ मध्ये नेपालबाहेक सबै आइसिसी टि ट्वाटी विश्व कप छनोटको तयारीका रुपमा रहेको छ । यो सिरिज पछि ४ टोली दुबईमा हुने विश्व कप छनोटमा भाग लिन ओमानबाट त्यसतर्फ जानेछन् ।

नेपाल भने सिंगापुरमा गत महिना भएको क्षेत्रिय छनोटबाटै बाहिरिएको थियो । पहिलो दिन शनिबार नेपालको खेल भने छैन । आज आयोजक ओमान र हङकङ तथा आयरल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यो सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यता पाएको छ ।

सहभागी ५ टोली नै टि ट्वान्टी मान्यता प्राप्त राष्ट्र भएकाले आइसिसीले सिरिजलाई मान्यता दिएको हो । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले भने यो सिरिजलाई स्वदेशमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा हेरेको छ । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने तय छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.