default_image

6 years ago

October 6, 2019

टि ट्वान्टी सिरिजमा हङकङको सामना गर्दै नेपाल

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे ओमान क्रिकेट संघको मैदानमा सुरु हुनेछ ।

सिंगापुरमा त्रिकोणात्मक टि ट्वान्टी सिरिज खेलेर नेपाली टोली ओमान पुगेको थियो । सिंगापुरमा नेपालले जिम्बावेसँगको दुवै खेल गुमाएको थियो । नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो । अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि नेपालले खेल्न लागेको यो पहिलो खेल हो । नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वि हुन् ।

हङकङ विश्व कप छनोटको तयारीमा छ । नेपालले भने स्वदेशमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा लिएको छ । बाबर हायातलगायत केहि अनुभवी खेलाडी हङकङ टोलीमा नरहेका कारण नेपालका लागि केहि सहज हुने अनुमान गरिएको छ ।

हङकङ पहिलो खेलमा शनिबार ओमानसँग ७ विकेटले पराजित भएको थियो । नेपाली टोली कप्तान पारस खड्काले यो सिरिजलाई एक्सपोजरको रुपमा लिएको बताएका छन् । अनुभवका लागि महत्वपूर्ण सिरिज रहेको उल्लेख गर्दै उनले गुमाउनु पर्ने केहि नभएकाले दबाब खास नुहने बताएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.