6 years ago
October 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले जिम्मेवारीपूर्वक ब्याटिङसँगै अर्धशतक प्रहार गरेपछि ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि-२० सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आरिफ शेखले २१ र सोमपाल कामीले १३ रन जोडे । पहिलो बलमा नै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ब्याटिङमा खराब सुरुवात गर्यो ।
एक समय ३६-४ को स्थितिमा रहेको नेपाललाई विनोद र आरिफको पाँचौ विकेटको साझेदारीले उकासेको थियो । यी दुईले ६२ रनको साझेदारी गरे । शीर्षक्रममा पारस शून्य, पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २-२ विकेट लिए ।
टस जितेर फिल्डीङ रोजेको नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनमात्र जोड्यो । सुरुवाती ओभरमा हङकङले राम्रो सुरुवात गरेपनि त्यसै लयलाई कायम गर्न सकेनन् । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका कारणले तेस्रो बलमा ओपनर अहसान अब्बासीलाई १३ रनमा रोहित पौडेलको हातबाट क्याच गराएका थिए ।

करणले पाँचौ बलमा अर्का ओपनर निजाकत खानलाई १३ बलमा २३ रन जोडेको अवस्थामा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा शहिद वासिफ पहिलो बलमा नै करणको एलबीडब्लू धरापमा पारे । त्यसपछि कप्तान किन्चित र वाकस बर्कतले ६३ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए । किन्चितले ३१ बलमा ३१ रन तथा वकासले ४७ बलमा ३७ रन जोडे । एहसान खान १० रनमा नटआउट रहे ।
नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे । प्रतियोगिताअन्तर्गत यो चौथो खेल हो । आइतबार भएको पहिलो खेलमा आयोजक ओमानले आयरल्यान्डलाई ४३ रनले पराजित गरेको थियो । त्यसअघि शनिबारको खेलमा ओमानले हङकङलाई ७ विकेटले तथा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]